Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भारत प्रशासित जम्मु कश्मीरमा १७ जनाको रहस्यमय मृत्यु, अनुसन्धान सुरू

भारत प्रशासित जम्मु कश्मीरमा १७ जनाको रहस्यमय मृत्यु, अनुसन्धान सुरू

इच्छाकामना न्युज

१०, माघ २०८१
भारत प्रशासित जम्मु कश्मीरमा १७ जनाको रहस्यमय मृत्यु, अनुसन्धान सुरू

काठमाडौँ । भारत प्रशासित जम्मु र कश्मीरको एउटै गाउँमा १७ जनाको रहस्यमय मृत्यु भएपछि भारतीय अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् । जम्मूको रजौरी जिल्लाको दुर्गम गाउँ बधलमा डिसेम्बर ७ यता १७ जनाको ज्यान गइसकेको छ । ज्यान गुमाउनेमध्ये १२ जना बालबालिका छन् । 

images

पीडितहरूले सुरुमा 'फूड पोइजन' भएको लक्षणहरू देखाएका थिए । तर पछि अचानक होस गुमाएका स्थानीय स्वास्थ्य अधिकारीहरूको भनाइ छ । घटनापछि गाउँलाई कन्टेनमेन्ट जोन घोषणा गरिएको छ । यद्यपि अधिकारीहरूले यो कुनै संक्रामक रोग नभएको र महामारीको डर नरहेको बताएका छन् ।

स्थानीय अस्पतालका प्रमुख डा. एएस भाटियाले सुरुमा अस्पताल भर्ना गरिएका चार बालबालिकासहित पाँच बिरामीमा वान्ता र झाडापखाला लगायतका समस्या देखिएका थिए । अन्य विरामीले घाँटी दुख्ने र सास फेर्न समस्या भएको बताएका थिए । तर केही समयमा ती सबैले अचानक होस गुमाएका उनले बताए ।

घटनाबारे भारतको संघीय सरकारले छानबिनका लागि आदेश दिएको छ । स्थानीय प्रशासनले गठन गरेको विशेष अनुसन्धान टोलीमा प्रहरी अधिकृत, रोगविज्ञ र अन्य विज्ञ सम्मिलित टोलीले हालसम्म दर्जनौं व्यक्तिसँग सोधपुछ गरिसकेको छ ।

प्रारम्भिक अनुसन्धानका अनुसार दूषित खाना र पानीको सेवन कारण स्थानीयको ज्यान गएको बताइएको छ । नमूना परीक्षणमा विषादीको मात्रा पाइएपछि गाउँका बासिन्दालाई स्थानीय मुहानको पानी नपिउन आग्रह गरिएको छ ।

१३ जनाको डिसेम्बर ७ र जनवरी १९ बीचमा ज्यान गएको हो । मृतकहरू तीन परिवारका सदस्य भएका जनाइएको छ । मृत्यु भएका बालबालिकामध्ये ६ जना दाजुभाइ भएका र उनीहरूको उमेर ७ देखि १५ वर्ष रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

कम्तिमा १० जनालाई रजौरी, जम्मू र चण्डीगढ सहरका अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । रजौरीको सरकारी मेडिकल कलेजका डा सुजा क्वाद्रीले मृतकहरूमा भाइरल, ब्याक्टेरिया, प्रोटोजोल र जुनोटिक संक्रमणको सम्भावना नभएको बताए ।

images
प्रकाशित मिति :माघ १०, २०८१ बिहिवार - २०:०९:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology