गोरखा । गोरखाको पालुङटारमा तेस्रो लिगलिग पालुङटार महोत्सव हुने भएको छ । लिगलिग पालुङटार उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरी आउँदो माघ २४ गते देखि फागुन ४ गतेसम्म महोत्सव आयोजना गर्न लागेको जानकारी गराएको हो ।
‘एतिहासिक लिगलिग पालुङटारको पहिचान, कृषि पर्याटन उद्योग तथा व्यार प्रवद्र्धन मूल अभियान’ भन्ने मुल नारा सहित लिगलिग पालुङटार उद्योग वाणिज्य संघ मुख्य आयोजनामा महोत्सव हुन लागिएको हो । जसमा उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र गोरखा उद्योग वाणिज्य संघ आयोजक रहने बताएको छ ।
मेलाको मुख्य प्रायोजक पालुङटार नगरपालिका रहेको छ भने सह–प्रायोजक नगर भित्रको सबै वडा कार्यालयहरु रहने छ । मेलाको प्रबद्र्धकमा गण्डकी प्रदेश, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड, पोखरा, कृषि विकास निर्देशनालय गण्डकी प्रदेश रहने बताएको छ । नेपाल आदिवासी जनजाति महासंघ पालुबटार नगर समन्वय परिषद् र नेपाल फाईनान्स लिमिटेड महोत्सवको सहयोगी संस्थाको रुपमा रहेका छन् ।
कृषि र हस्तकलाका सामानहरुको प्रर्दशनी र बिक्री तथा सीप र कलाको प्रवद्र्धन/प्रोत्साहन गर्ने उदेश्यका साथ महोत्सव आयोजना गरिएको लिगलिग पालुङटार उद्योग वाणिज्य संघका अध्यक्ष मानबहादुर आलेले बताए । साथै आन्तरिक तथा वाह्य पर्यटकहरु पालुङटार भित्र्याई नगरपालिकालाई नेपाल भित्र र वाहिर पर्यटकिय, धार्मिक रुपमा चिनाउने उनले जानकारी दिए ।
महोत्सवमा स्थानीय कला र संस्कृतिको संरक्षण र प्रबद्र्धनमा पनि जोड दिने बताएको छ ।
स्थानिय कृषि उत्पादन तथा मायाको चिनो, डोको, नाम्लो, मान्द्रोलायतका हस्तकलाहरुको प्रदर्शन तथा बिक्री गरिने उनले जानकारी दिए । महोत्सवमा १२० वटा स्टल रहने आयोजकले जनाएको छ । जसमध्य २० स्टलमा कृषि तथा हस्तकलाको सामग्री प्रदर्शनीमा राखिने बताएको छ । कृषितर्फ उत्कृष्ट प्रदर्शन गर्नेएलाई पुरस्कारको समेत व्यवस्था रहेको अध्यक्ष आलले बताए ।
करिब २५ हजार दर्शकले अवलोकन गर्ने मेलामा करिब ४० लाखको करोबार हुने जनाएको छ । मेला सम्पन्न गर्न २५ लाख लागत लाग्ने अनुमान गरिएको छ । यसबाट भएको नाफाले उवासंघ पालुङटारको भवन निर्माण गरिने उनले बताए ।
मेलामा अवधिमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट विविध मनोरञ्जनका कार्यक्रम रहने जनाएको छ ।
साथै खुल्ला नृत्य प्रतियोगिता, रत्यौली गीत तथा नृत्य प्रतियोगिता, गृहणी नृत्य प्रतियोगिता तथा झाँकी प्रर्दशनी रहने आयोजकले बताएको छ । उत्कृष्ट झाँकी प्रर्दशन गर्नलार्य पनि पुरस्किृत गरिने बताएको छ । सो मेलामा प्रवेश शुल्कमा रुपमा विद्यार्थीका लागि रु ७० र अरु दर्शकका लागि रु १०० तोकिएको छ । अपङ्गता व्यक्ति तथा जेष्ठ नागरिकलाई भने टिकट शुल्क निःशुल्क गरिने जनाएको छ ।