Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामनाको शिक्षा शाखामा लगाएको ताला खुल्यो

इच्छाकामनाको शिक्षा शाखामा लगाएको ताला खुल्यो

इच्छाकामना न्युज

१०, माघ २०८१
इच्छाकामनाको शिक्षा शाखामा लगाएको ताला खुल्यो

इच्छाकामना । चितवनको इच्छाकामनागाउँपालिकाको शिक्षा शाखामा लगाएको ताला खुलेको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ लगायत जनप्रतिनिधिहरुले  स्थानीय प्रशासन विभिन्न शिक्षक संगठनका प्रतिनिधिको उपस्थितिमा ताला खुलेको हो ।

images


ताला खुल्न नेपाल शिक्षक संघ तयार नभएपछि  गाउँपालिका अध्यक्ष आफैले ताला खोलिदिनुभएको थियो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ,प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेत नेपाल शिक्षक संघ चितवनका उपाध्यक्ष भविश्वर गुरुङ, नेपाल शिक्षक संघ चितवनका अध्यक्ष यान बहादुर गुरुङ लगायतबिच छलफल भएको थियो  ।छलफल निष्कर्ष विहिन भएपछि गाउँपालिका  अध्यक्ष गुरुङले आफै ताला खोल्नुभएको हो ।


शिक्षक नियुक्ति नियम विपरित गरिएको भन्दै नेपाली कांग्रेस इच्छाकामना, नेपाल शिक्षक संघ ,तरुणदल, नेविसंघ र नेपाल महिला संघले बुधबार शिक्षा शाखामा ताला लगाएका थिए । राष्ट्रिय आधारभूत विद्यालय कापे र रानिखोला माध्यमिक विद्यालयको शिक्षक  विना प्रतिष्पर्धा  नियम विपरित नियुक्ती गरिएको नेपाल शिक्षक संघ इच्छाकामनाको आरोप छ ।  गाउँपालिका अध्यक्ष  दान बहादुर गुरुङले भने  २०७८ भन्दा अगाडि नियुक्त शिक्षकलाई सामुदायिक बनले तलब सुविधा उपलब्ध गराउँदै आएकोमा  पछिल्लो समय तलब खुवाउन नसक्ने  बनले निर्णय गरेपछि  खुवाउन नसकिने निर्णय गरेपछि दरबन्दी कम भएका कारण चार बर्ष अगाडि नियुक्ति भएको योग्यता पुरा भएको शिक्षकलाई तलब भत्ता व्यवस्था पालिकाबाट गरियोस् भन्ने विद्यालयको  निवेदन  आएपछि कार्यापालिकाले  तलब भत्ता व्यवस्था गर्र्नेेे निर्णय गरेको बताउनुभयो  ।


नेपालको संविधान र  स्थानिय सरकर सञ्चालन एन २०७४ ले आधारभुत र माध्यमिक तहको शिक्षा स्थानिय सरकारको अधिकार क्षेत्र भित्र पर्ने र शिक्षक दरबन्दी मिलान करार राहत अनुदान सट्टा पालिका आन्तरिक श्रोत निजि स्वयंसेवक  शिक्षकको नियुक्ति सरुवा पालिकाले पालिका मातहतमा व्यवस्थापन गर्ने बताउनुभयो । चित्त नबुझेका विषयमा छलफल गर्नुको सट्टा  अतिरञ्जित गरिएको उहाँको आरोप छ ।

images
प्रकाशित मिति :माघ १०, २०८१ बिहिवार - २०:५३:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology