मुग्लिङ, ८ फागुन । मुग्लिङ युवा मञ्च मुग्लिनले नेपाल रेडक्रस सोसाइटी भरतपुर शाखाको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। शनिबार इच्छाकामना गाउपालिका वडा नं. ५ मुुग्लिङ बजारको मेगा बैंक अगाडि आयोजना रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

उक्त रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन्। ‘रक्तदान नै जिवनदान’ भन्ने मुल नाराका साथ खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। रक्तदान गर्नेलाई प्रमाण पत्र, ब्लड डोनेसनको कार्ड, फलफुल, जुस, अण्डा लगायतको व्यवस्था गरिएको आयोजक मुग्लिङ युवा मञ्चका अध्यक्ष विकास बस्नेतले जानकारी दिनुभयो ।