Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखामा सुन्तला उत्पादन घट्यो

गोरखामा सुन्तला उत्पादन घट्यो

images

इच्छाकामना न्युज

१३, माघ २०८१
गोरखामा सुन्तला उत्पादन घट्यो
images

गोरखा, । गोरखामा यस वर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनमा करिब ३ सय मेट्रिक टन कम उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गोरखाले जनाएको छ । 

कार्यालयले दिएको तथ्याङ्क अनुसार गत वर्ष २१ सय मेट्रिक टन उत्पादन भएको थियो । तर यो वर्ष १८ सय मेट्रिक टन मात्र उत्पादन भएको छ । 

उत्पादन घटेसँगै गत सालको तुलनमा अहिलेसम्म भने झण्डै ३ करोड रुपियाँ सुन्तला किसानलाई घाटा परेको कार्यांलयका सूचना अधिकारी रबिन्द्र पौडेलले बताउनुभयो । यो वर्ष करिब १० करोडको कारोबार भयो, गत वर्ष १३ करोड थियो, उहाँले भन्नुभयो, “यो वर्ष मूल्य बढ्दा समेत गत साल जस्तो आर्थिक कारोबार भएन । यो वर्ष किसानहरूले प्रतिकेजी १०० देखि १५० रुपियाँसम्म सुन्तला बिक्री गरेका छन् ।”

प्रधानमन्त्री कृषि आधुनिक परियोजना कार्यान्वयन एकाइले गोरखाका गण्डकी गाउँपालिकाका सबै वडा, सहिद लखन गाउँपालिकाका सबै वडा, भिमसेन थापा गाउँपालिकाका सबै वडा, गोरखा नगरपालिकाका सबै वडा र पालुङटार नगरपालिकाका ९ र १० नम्बर वडालाई समेटेर सुन्तला जात फलफूल जोन घोषण गरी कार्यान्वयन गरिरहेको छ । 

सुन्तला जोन कार्यक्रम लागु भइरहेको गण्डकी गाउँपालिका–२ ताङलिङस्थित सुन्तला उत्पादक कृषि सहकारी संस्थाले पनि यो वर्ष उत्पादन घटेको बताएको छ । 

सुन्तला बेचेर एक करोडको कारोबार गर्ने यस संस्थाले यो वर्ष ८० लाख मात्र कारोबार गरेको छ । पुराना बोटहरू काटेर नयाँ बिरुवा लगाइएका कारण पनि यो वर्ष उत्पादन घटेको संस्थाका अध्यक्ष एक बहादुर थापाले बताउनुभयो । 

उत्पादन घट्नुको विविध कारण रहेको छ, कार्यालयका सूचना अधिकारी रबिन्द्र पौडेलले भन्नुभयो, "एक त बोटहरूमा लाग्ने रोग भई हाल्यो, पशुपालन व्यवसाय घट्दै गयो, “अर्को गाई बस्तुको मल पाइन छाड्यो, ब्रिनिङ रोगका कारण सुन्तला घट्यो भने हिउँदमा खडेरी परेका कारणले पनि सिंचाइको अभाव भयो यी कारणले उत्पादन घटेको हो ।” 

सुन्तलालाई चाहिने खाद्यतत्वका कारण सुन्तला उत्पादनमा कमी आएको कार्यालयले जनाएको छ ।  

images
प्रकाशित मिति :माघ १३, २०८१ आइतवार - ०९:१४:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology