Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गोरखा अस्पतालमा दुईदिने निशुल्क मुटु जाँच शिविर हुने

गोरखा अस्पतालमा दुईदिने निशुल्क मुटु जाँच शिविर हुने

इच्छाकामना न्युज

१४, माघ २०८१
गोरखा अस्पतालमा दुईदिने निशुल्क मुटु जाँच शिविर हुने
images

गोरखा । रोटरी क्लव अफ गोरखाले बर्षौँदेखि नियमित रुपमा गर्दै आएको मुटु जाँच शिविर यो बर्ष पनि गर्ने भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरसंगको सहकार्यमा रोटरी क्लवले दुईदिने निशुल्क मुटु जाँच शिविर संचालन गर्न लागेको हो ।

images
images

शिविरका लागि सम्भव नेपालले आर्थिक सहयोग गर्ने भएको छ । क्लबले शिविरमा जाँच गराएपछि शल्यक्रिया गर्नुपर्ने भएमा समेत निशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको शिविरका संयोजक किशोरजंग थापाले बताए । साथै, नेपालमा उपचार नभए भारतसम्म लगेर पनि निशुल्क उपचार गराएर ल्याउने व्यवस्था मिलाएको उनले जानकारी दिए ।

‘भारत जानु परेमा बिरामीसँगै एकजना हेरालुलाई पनि आउनेजाने खर्चको व्यवस्था मिलाएका छौँ’, उनले भने । शिविरमा मुटुरोग विशेषज्ञ अनिल भट्टराईको नेतृत्वमा २५ जनाभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा दिने उनले बताएका छन् ।
शिविरमा करिब ६ लाख खर्च हुने अनुमान गरिएको छ । औषधी र चिकित्सकको ब्यवस्था सेभ द हर्टले गर्ने बताइएको छ ।

images
प्रकाशित मिति :माघ १४, २०८१ सोमवार - १०:२२:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology