Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

प्रदेशसभा भङ्ग गर्ने तागत मुख्यमन्त्री शेरधन राईसँग छैनः नेता आचार्य 

प्रदेशसभा भङ्ग गर्ने तागत मुख्यमन्त्री शेरधन राईसँग छैनः नेता आचार्य 

images

इच्छाकामना न्युज

८, फाल्गुण २०७७
प्रदेशसभा भङ्ग गर्ने तागत मुख्यमन्त्री शेरधन राईसँग छैनः नेता आचार्य 
images

काठमाण्डौ, ८ फागुन । नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले प्रदेश सभा भङ्ग गर्ने तागत मुख्यमन्त्री शेरधन राईसँग नभएको बताउनुभएको छ । राजधानी काठमाडौंमापत्रकार सम्मेलनगर्दै आचार्यले मुख्यमन्त्रीले चाहेर पनिप्रदेशसभा भङ्ग गर्न नसक्ने बताउनुभयो । 
अविश्वासको प्रस्ताव दर्ता भएको दुई महिनाको अवधिमा मुख्यमन्त्री राईले सभामुख, उपसभामुख र सांसदहरुलाई धम्क्याउने काम गरिरहेको उहाँले बताउनुभयो । अल्पमतमा परेका मुख्यमन्त्री राई दुई महिनादेखि संसदबाट भागिरहेको आचार्यको भनाई थियो । तर, अब धेरै भाग्न नसक्ने उहाँले बताउनुभयो । 
अविश्वासको प्रस्तावको पक्षमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी लगायतले पनि साथ दिने पनि आचार्यले बताउनुभयो । प्रदेशसभा बैठक भोलिदेखि लगातार बस्नुपर्ने र अविश्वासको प्रस्तावमा छलफल हुनुपर्ने उहाँको माग छ ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०७७ शनिवार - १९:५१:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology