Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

विद्युत् उत्पादकको शुल्क निर्धारण

विद्युत् उत्पादकको शुल्क निर्धारण

images

इच्छाकामना न्युज

१५, माघ २०८१
विद्युत् उत्पादकको शुल्क निर्धारण
images

गोरखा, माघ १५ गते । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आन्तरिक स्रोत बढाउन विद्युत् उत्पादन गर्ने कम्पनीलाई शुल्क निर्धारण गरेको छ । गत शनिबार पालिकाको गाउँसभाको १६ औं अधिवेशनमा २५० किलोवाटसम्मको २ लाख, ५ सय किलोवाटसम्मको ३ लाख, ७ सय ५० किलोवाटसम्मको ४ लाख र १ मेघावाटसम्मको ५ लाख दररेट निर्धारण गरिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिनुभयो । 

उहाँका अनुसार विद्युत् अनुमति पत्र निर्देशिका २०७५ बमोजिम १ मेघावासम्मको विद्युत् उत्पादनको अनुमति दिने अधिकार स्थानीय तहलाई भएकाले गाउँसभाबाट निर्णय गरिएको उहाँले बताउनुभयो ।

बारपाक सुलीकोट गाउँपालिका विद्युत् उत्पादन गर्ने सम्भावना भएको पालिकामध्ये गोरखाको एउटा पालिका भएकाले पनि गाउँपालिकाका उपाध्यक्ष सनमाया गुरुङले अधिवेशनमा आर्थिक ऐनको संशोधनमा जलविद्युत् उत्पादन सर्वेक्षण अनुमति शुल्कको प्रस्ताव पेश गर्नुभएको गाउँपालिकाले जनाएको छ। 

उक्त प्रस्तावलाई वडा नम्बर ६ का वडा अध्यक्ष बाबुलाल गुरुङले समर्थन जनाउनुभएको थियो । अधिवेशनबाट पारित गरेसँगै कार्यविधि बनाएर अघि बढ्ने गाउँपालिकाको तयारी छ । गाउँपालिकाले पालिकाभित्र विद्युत् उत्पादन गर्ने जुनसुकै कम्पनीले पनि पालिकासँग अनुमति लिएर एकमुष्ट रुपमा पालिकाले तोकिएको शुल्क लिने प्रमुख प्रशासकीय अधिकृत आलेको भनाइ छ । 

"अब छिटै नै कार्यविधि बनेपछि पालिकाभित्र सञ्चालन रहेका जलविद्युत् पनि करको दायरामा आउँछ", प्रमुख प्रशासकीय अधिकृत आलेले भन्नुभयो, “गाउँपालिकाभित्रका खोलानालाबाट विद्युत् उत्पादन गर्दा तिर्नुपर्ने करलाई व्यवस्थित गरिएको छ ।"

अब बन्ने कार्यविधिले पालिकाभित्रका विद्युत् उत्पादन गर्ने कम्पनीलाई नियमनमा सहज हुनुका साथै जलविद्युत् उत्पादन सर्वेक्षण अनुमति पत्र अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरी पालिकाको १६ औं अधिवेशनमा १ मेघावाटसम्मको जलविद्युत् उत्पादन सर्वेक्षण अनुमति शुल्क प्रस्ताव गरी पारित गरेको गाउँपालिकाले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १५, २०८१ मंगलवार - २२:३०:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology