Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

माई छिम्केश्वरी तमु सुधार समाज आँबुखैरेनी स्थापनाको दुई वर्ष पुरा, दुई वर्षमा नै बनायो भव्य भवन

माई छिम्केश्वरी तमु सुधार समाज आँबुखैरेनी स्थापनाको दुई वर्ष पुरा, दुई वर्षमा नै बनायो भव्य भवन

इच्छाकामना न्युज

८, फाल्गुण २०७७
माई छिम्केश्वरी तमु सुधार समाज आँबुखैरेनी स्थापनाको दुई वर्ष पुरा, दुई वर्षमा नै बनायो भव्य भवन

आँबुखैरेनी, ८ फागुन । माई छिम्केश्वरी तमु सुधार समाज आँबुखैरेनी तनहुँले स्थापनको दुई वर्ष पुरा गरेको छ। २०७५ साल फागुन ८ गते अर्थात दुई वर्ष अघि आजकै दिन स्थापना भएको समाजले दुई वर्ष पुरा गरि आजदेखि तेस्रो वर्ष प्रवेश गरेको हो।

images

2.jpg
दुई वर्ष पुरा गरि तेस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा समाजले आँबुखैरेनीमा आज एक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवकै अवसरमा समाजले निर्माण गरेको नवनिर्मित समाज घरको समुद्घाटन समेत गरेको छ। समाजको नवनिर्मीत भवनको तमु ह्युल छोंज छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङ र आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले संयुक्त रुपमा समुद्घाटन गरेको हो।

4.jpg
समाजले स्थापना भएको दुई वर्षमा नै २७ लाख रुपैंयाको लागतमा भव्य भवनको निर्माण गरेको हो। भवनसँगै सार्वजनिक शौचालयको पनि निर्माण कार्य सम्पन्न गरिएको छ। भवन उद्घाटन कार्यक्रममा भवन निर्माणमा नगद तथा जिन्सी सामान सहयोग गर्नुहुने महानुभावहरुलाई खादा, अबिर लगाएर सम्मान गरि प्रमाण पत्र बितरण गरिएको थियो। 

6.jpg
समितीका अध्यक्ष काजीकुमार गुुरुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि तमु ह्युल छोंज छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय अध्यक्ष रेशम गुरुङ्ग, विशिष्ट अतिथिमा आँबखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, तमु ह्युल छोंज छोंज धीं गुरुङ राष्ट्रिय परिषद् तनहुँका अध्यक्ष खेमराज गुरुङ्ग, तमु ह्युल छोंज छोंज धीं गुरुङ राष्ट्रिय परिषद् गोरखाका अध्यक्ष राम बहादुर गुरुङ्ग, अतिथिहरुमा आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष पूर्ण बहादुर आले, वडा नं. ४ का वडाध्यक्ष नेत्र बहादुर गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो।

7.jpg
यस्तै कार्यक्रममा समाजका सचिव पृथ्वी बहादुर गुरुङले समाजको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने निर्माण समितिका संयोजक पृथ बहादुर गुरुङ भवन निर्माणको आयव्यय प्रस्तुत गरेका थिए। कार्यक्रमको बिच बिचमा समाजका युवा भाई बहिनीहरुले नृत्यहरु प्रस्तुत गर्नुका साथै लोकदोहोरी गायक पृथ्वी गुरुङ, चन्द्र परियार, सन्तोष थपलिया लगायतले सांगेतिक प्रस्तुती समेत राखेका थिए।

3.jpg8.jpg10.jpg9.jpg11.jpg12.jpg13.jpg

images
प्रकाशित मिति :फाल्गुण ८, २०७७ शनिवार - २०:३३:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology