Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अमेरिकामा विमान र हेलिकप्टर ठोकिएर भएको दुर्घटनामा ३० जनाको शव भेटियो

अमेरिकामा विमान र हेलिकप्टर ठोकिएर भएको दुर्घटनामा ३० जनाको शव भेटियो

इच्छाकामना न्युज

१७, माघ २०८१
अमेरिकामा विमान र हेलिकप्टर ठोकिएर भएको दुर्घटनामा ३० जनाको शव भेटियो

अमेरिका । अमेरिकाको वाशिङ्टन डीसी नजिकै अमेरिकी एअरलाइन्सको विमान आकाशमा अमेरिकी सेनाको हेलिकप्टरसँग ठोकिएर दुर्घटना हुँदा उद्धार टोलीले ३० जनाको शव फेला पारेको छ ।

images

विमानमा चालक दलका सदस्यसहित ६४ जना र हेलिकप्टरमा तीन जना सैनिक रहेका थिए । वाशिङ्गन डीसीको विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो । आकाशमा दुर्घटना भएपछि विमानका दुई ठूला टुक्रा पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका एएफपीले जनाएको छ ।

दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुको खोजी कार्य भइरहेको तर रातको समय, पानी र चिसो मौसमका कारण उद्धार कार्य गरिरहेका उद्धारकर्मीहरूले ‘अत्यन्त कठिन’ अवस्थाको सामना गर्नुपरेको वाशिङ्टनका अग्नि नियन्त्रक जोन डोनेली बताउनुभयो । अधिकारीहरूले दुर्घटनामा कोही बाँचेका छन् या छैनन् भन्ने कुरा अहिले भन्न नमिल्ने बताएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनाबारे आफूले जानकारी पाएको र अवस्थाको अनुगमन भइरहेको सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्नुभएको छ । वाशिङ्गटन डीसीका मेयर मुरिएल बाउसरले दुर्घटनाको अनुसन्धानका लागि कुनै सीमा नतोकिएको बताउनुभएको छ ।

यो दुर्घटना अमेरिकामा सन् २००९ पछि व्यावसायिक विमानमा भएको सबैभन्दा ठूलो मानिएको छ । सन् २००९ को फेब्रुअरी महिनामा कन्टिनेन्टल एअरलाइन्सको यात्रुवाहक विमान न्युयोर्कको विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा घरमा गएर जोतिँदा ४९ जनाको ज्यान गएको थियो ।

images
प्रकाशित मिति :माघ १७, २०८१ बिहिवार - १८:२०:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology