Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अमेरिकामा भएको हवाई दुर्घटनामा ६७ जनाकै ज्यान गएको पुष्टि

अमेरिकामा भएको हवाई दुर्घटनामा ६७ जनाकै ज्यान गएको पुष्टि

इच्छाकामना न्युज

१८, माघ २०८१
अमेरिकामा भएको हवाई दुर्घटनामा ६७ जनाकै ज्यान गएको पुष्टि

काठमाण्डौ । अमेरिकामा भएको व्यावसायिक विमान र सैन्य हेलिकप्टर दुर्घटनामा ६७ जनाकै ज्यान गएको छ ।

images

हिजो वाशिङ्टन डीसीको विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो ।

दुर्घटनामा विमानमा रहेका ६४ जना र हेलिकोप्टरमा रहेका तीन जना सबैको ज्यान गएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका समाचार संस्था एपीले जनाएको छ ।

अमेरिकामा सन् २००१ पछिकै भएको यो सबैभन्दा घातक हवाई दुर्घटना हो । सन् २००१ नोभेम्बर २१ मा अमेरिकी एअरलाइन्सको विमान न्यूयोर्कको बेले हार्बरमा आवासीय क्षेत्रमा खस्दा दुई सय ६० जनाको ज्यान गएको थियो ।

त्यस्तै सन् २००९ को फेब्रुअरी महिनामा कन्टिनेन्टल एअरलाइन्सको यात्रुवाहक विमान न्यूयोर्कको विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा घरमा गएर जोतिँदा झण्डै ५० जनाको ज्यान गएको थियो ।

यसैबीच, विमान दुर्घटनास्थलमा ‘ब्ल्याक बक्स’ भेटिएको छ । अमेरिकाको राष्ट्रिय परिवहन सुरक्षा बोर्ड (एनटीएसबी) का अनुसार विमानको ब्ल्याक बक्समार्फत के–कसरी विमान दुर्घटना भयो भन्नेबारे जानकारी पाउन सहज हुनेछ ।

एनटीएसबीका अधिकारीले दुर्घटनाबारे प्रारम्भिक रिपोर्ट एक महिनामा आउने बताएका छन् । दुर्घटनाको कारण खोज्न धेरै विधिबाट जाँच  चलिरहेको छ ।

images
प्रकाशित मिति :माघ १८, २०८१ शुक्रवार - १०:२८:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology