Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अष्ट्रेलियन ओपनको महिला तर्फको उपाधि ओसाकालाई 

अष्ट्रेलियन ओपनको महिला तर्फको उपाधि ओसाकालाई 

एजेन्सी

९, फाल्गुण २०७७
अष्ट्रेलियन ओपनको महिला तर्फको उपाधि ओसाकालाई 

जापानी खेलाडी नाओमी ओसाकाले अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि हात पार्नुभएको छ । अष्ट्रेलियाको मेलबर्नमा हिजो भएको फाइनल खेलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गर्दै ओसाकाले उपाधि हात पार्नुभएको हो ।
उपाधि जित्ने क्रममा तेस्रो वरीयताका ओसाकाले २२ औं वरीयता प्राप्त ब्राडीलाई ६–४ र ६–३ को सेटमा पराजित गर्नुभएको हो । यससँगै ओसाकाले दोस्रो पटक अष्ट्रेलियन ओपनको उपाधि जित्नु भएको छ ।यसअघि ओसाकाले सन् २०१९ माअष्ट्रेलियन ओपनको उपाधि जित्नुभएको थियो । ओसाकाको यो चौंथो ग्राण्डस्लाम उपाधि हो । 
यस्तै प्रतियोगिताकोपुरुषतर्फको उपाधि खेल आज हुँदैछ । पुरुष तर्फ हुने उपाधि खेलमा नोभाक जोकोभिच र डानिल मेदभेदेबबीच प्रतिस्पर्धा हुनेछ ।

images

images
प्रकाशित मिति :फाल्गुण ९, २०७७ आइतवार - ०९:२६:११ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology