Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

दस हजार पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरे

दस हजार पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरे

इच्छाकामना न्युज

२४, माघ २०८१
दस हजार पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरे

 गोरखा, माघ २४ गते । चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म मनास्लु क्षेत्रमा झण्डै १० हजार पर्यटकले भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजनाका अनुसार साउनदेखि पुस मसान्तसम्म सम्म ६ महिनाको अवधिमा १० हजार ६ सय ९ जनाले मनास्लु क्षेत्र भ्रमण गरेका हुन् ।

images

सन् २०२३ को ६ महिनाको अवधिमा नौ हजार १७७ जना विदेशी पुगेको सो क्षेत्रमा सन् २०२४ मा दस हजार ६ सय ९ जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ। अहिले सम्मकै मनासलु क्षेत्र भ्रमण गर्ने हालसम्मकै ठुलो पर्यटकको सङ्ख्या भएको मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख सन्तोष सेरचनले जानकारी दिनुभयो । 

उहाँका अनुसार दक्षिण एशियाली राष्ट्रका भन्दा युरोप तथा अमेरिकी मुलकका विदेशी पर्यटकहरूको सङ्ख्या बढी रहेको उहाँले बताउनुभयो । सन् २०२४ मा सबै भन्दा धेरै फ्रान्सबाट सबै भन्दा धेरै एक हजार तीन सय ३५ जना, जर्मनीबाट एक हजार १८१ जना, अमेरिकाबाट ७९६ जनाले मनासलु क्षेत्र भ्रमण गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

त्यस्तैगरी सार्क सदस्य राष्ट्रहरू मध्येबाट छिमेकी मुलक भारतबाट सबैभन्दा धेरै १५९ जना छ भने अन्य मुलकको नेदरल्यान्ड, बेलायत, स्पेन, चीन, अष्ट्रेलिया लगायतका मुलकहरूबाट विदेशी पर्यटक मनास्लु पदयात्रा गरेको बताइएको छ । 

मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रति व्यक्ति एक हजार र अन्य राष्ट्रका पर्यटकले तीन हजार रुपियाँ बुझाउने पर्ने छ । पर्यटकले काठमाडौंको भृकुटी मण्डप र पोखराको ड्यामसाइट को काउन्टरमा प्रवेश दस्तुर नबुझाएमा पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोस्टमा डबल दस्तुर तिर्नुपर्ने एमक्याप कार्यालय गोरखाले जनाएको छ । 

निशेधित क्षेत्र मानिएकाले पनि मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनु पर्ने प्रावधान छ । अहिले विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक हप्ताको अनुमति लिई सिजनमा पर्यटकका लागि प्रति व्यक्ति ५० डलर बुझाउनु पर्ने छ भने बेसिजनमा २५ डलर मात्र बुझाउने पर्ने एमक्यापका प्रमुख सेरचनको भनाइ छ । 

यस मनास्लु क्षेत्रलाई पर्यटकिय केन्द्रको रूपमा विकास गर्न चुमनुब्री गाउँपालिकाले बृहत्तर गुरुयोजना बनाएर अघि बढ्न लागिएको चुमनुब्री गाउँपालिकाले जनाएको छ । अहिले बेनिघाट, आरुघाट र लार्के सडकले ट्रयाक नयाँ मार्ग खोल्ने क्रममा पर्यटकहरू हिड्ने पैदल मार्ग मासिएकाले नयाँ पदमार्ग निर्माण लगाएत पर्यटन विकासका लागि बृहत् गुरुयोजना बनाएर अघि बढ्ने तयारी भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

अहिले चुमनुब्री गाउँपालिकामा मानिस जनावरको बिच पारिवारिक सम्बन्ध कायम गरी अहिंसाको सन्देश फैलाउन गाउँपालिका सफल भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो । उहाँका अनुसार पर्यटकिय पदमार्गमा पर्यटक चेक पोस्ट तथा सुचना केन्द व्यवस्थापन, लोकेशन बोर्ड मर्मत तथा जडान, पदमार्गमा सरसफाइ अभियान, तरकारी बिउबिजन वितरण र पदमार्गमा साइनबोड जडान गर्ने कार्य धमाधम भइरहेकाले पनि आगमी दिनहरूमा पर्यटकको सङ्ख्या दोब्बर बढ्ने चुमनुब्री गाउँपालिकाले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २४, २०८१ बिहिवार - २१:२६:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology