Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

अमेरिकामा फेरि अर्को विमान दुर्घटना, १० जनाको मृत्यु

अमेरिकामा फेरि अर्को विमान दुर्घटना, १० जनाको मृत्यु

इच्छाकामना न्युज

२६, माघ २०८१
अमेरिकामा फेरि अर्को विमान दुर्घटना, १० जनाको मृत्यु
images

काठमाण्डु । अमेरिकाको पश्चिमी अलास्काको नोमतर्फ जाँदै गरेको एक सानो यात्रुवाहक विमान दुर्घटना भएको छ । विमान शुक्रबार समुन्द्री बरफमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

images
images

विमानमा सवार सबै १० जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । विमानमा ९ जना यात्रु र एक पाइलट थिए । उडेको एक घण्टा नबित्दै विमानस्थलका अधिकारीहरूसँग विमानको सम्पर्क टुटेको थियो ।

अमेरिकी तटरक्षक दलका प्रवक्ता माइक सालेर्नोले उद्धारकर्ताहरूले विमानको अन्तिम ज्ञात स्थान नजिकै हेलिकप्टरबाट खोजी गर्दा विमानको भग्नावशेष फेला पारेको जानकारी दिएका छने ।

यो दुर्घटना अमेरिकामा हालैका दिनहरूमा भएका उड्डयन दुर्घटनाहरूको शृंखलाको निरन्तरता हो ।

जनवरी २९ मा अमेरिकाको राजधानी नजिकै एक व्यावसायिक विमान र सेनाको हेलिकप्टर ठोक्किएर ६७ जनाको मृत्यु भएको थियो । त्यसपछि जनवरी ३१ मा फिलाडेल्फियामा एक चिकित्सा यातायात विमान दुर्घटनाग्रस्त हुँदा सवार छ जना र जमिनमा अर्का एक व्यक्तिको मृत्यु भएको थियो ।

images
प्रकाशित मिति :माघ २६, २०८१ शनिवार - ०९:२९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology