गोरखा – सर्जक रविन गुरुङले मौलिक झ्याउरे गीत बजारमा ल्याएको छ । विशेषता गोरखाको दक्षिण भेगमा अत्यन्तै प्रचलित रहेको झ्याउरे गीत बजारमा ल्याएको हो । गण्डकी र सहिदलखन गाउँपालिकामा प्रचलित रहेको झ्याउरे गीतलाई आफूले सङ्कलन गरेको रविन गुरुङले इच्छाकामना न्यूजलाई बताए । गीतमा स्वर मौसम गुरुङ र माया गुरुङको रहेको छ । झ्याउरे विशेष गरेर गुरुङ र मगर समुदायमा प्रचलित छ ।

उत्त गीतको म्युजिक भिडियोको सुटिङ गण्डकी गाउँपालिका वडा न २ ताङ्लिचोक, घ्याप्रिङ गाउँ वरिपरी गरिएको हो । गीत सङ्गीतमा रुची रहेको रविन गुरुङ लामो समयदेखि यसै क्षेत्रमा रम्दै आएका छन् । मौलिक गीतलाई विशेष प्रथामिकतामा राख्ने गुरु«ङको उदेश्य रहेको छ । यसभन्दा अघि पनि गुरुङले चुड्का लगाएतका गीतहरु बजारमा ल्याइसकेका छन् । समग्रमा गुरुङ गण्डकी गाउँपालिकाको गीत सङ्गीत क्षेत्रको हस्तिनै हुन् । उनको सङ्गीत क्षेत्रमा लामो योग्दान समेत रहेको छ ।
https://www.youtube.com/watch?v=KFRegM1Eilw