Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

देवघाटमा शिक्षकहरूको लागि एक दिने उत्प्रेरणा तालिम

देवघाटमा शिक्षकहरूको लागि एक दिने उत्प्रेरणा तालिम

इच्छाकामना न्युज

२६, माघ २०८१
देवघाटमा शिक्षकहरूको लागि एक दिने उत्प्रेरणा तालिम
images

देवघाट, माघ २६ । सारथी टुगेदर फर नेपाल जर्मनीको आयोजनामा शनिबार शिक्षकहरूको लागि एक दिने उत्प्रेरणा तालिम दिइएको छ । देवघाट गाउँपालिका भित्र रहेको तिन वटा विद्यालय बराह आधारभूत विद्यालय,महादेव आधारभूत विद्यालय र राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षकहरूाई तालिम दिइएको हो ।

images
images

20b112a5-e8fa-469a-9ef3-8059074ec9d7.jpg

तिन वटा विद्यालयका २१ जना शिक्षक शिक्षिकाहरूलाई तालिम दिइएको सारथी टुगेदर फर नेपाल जर्मनी प्रतिनिधि नारान पुरीले बताउनुभयो । सारथीले देवघाटको यी तिनवटा विद्यालयमा भौतिक देखि लिएर शैक्षिक क्षेत्रमा समेत सहयोग गर्दै आइरहेको बताउदैँ आफुले सहयोग गर्दै आइरहेको विद्यालयको शैक्षिक गुणस्तर बृद्धि होस भन्ने मुख्य उद्देश्यले शिक्षकको लागि एकदिने तालिमको आयोजना गरिएको जर्मनी प्रतिनिधि पुरीले जानकारी दिनुभयो । उक्त तालिम देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङको प्रमुख आतिथ्यतामा भएको थियोे ।

bd1b4545-9586-47bf-8294-f8cc1e286f02.jpg

प्रमुख अतिथि गुरूङले कार्यक्रममा मन्तव्य राख्दै सारथीले देवघाट गाउँपालिकामा स्थानीय सरकारले गर्नुपर्ने काम गर्दै आइरहेको बताउदै धन्यवाद व्यक्त गर्नुभएको थियोे । उनले यि तिनवटा विद्यालयमा सारथीले भौतिक देखि लिएर शैक्षिक क्षेत्रमा धेरै सहयोग गर्दै आइरहेको हुदाँ यहाँबाट उत्पादन हुने विद्यार्थीहरूको गुणस्तर पनि राम्रो हुनपर्यो भन्दै शिक्षकहरू झकझक्याउनु भएको थियोे ।

साथै उपाध्यक्ष गुरूङले शिक्षाको क्षेत्रमा देवघाट गाउँपालिकाले गर्नुपर्ने सहयोग सदैब रहने प्रतिवद्वता गर्नुभएको थियोे । नारायणी नमूना माध्यमिक विद्यालयका शिक्षक खिमानन्द सापकोटा,रमेश प्रसाद दवाडीले प्रशिक्षण दिनुभएको सो तालिममा देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज सापकोटा,शिक्षक अभिभावक संघका अध्यक्ष दिल बहादुर गुरूङ,देवघाट गाउँपालिका पर्यटन शाखा प्रमुख होमनाथ लामिछाने,देवपुर टोल विकास समितिका अध्यक्ष सुकुलाल गुरुङ लगायतको उपस्थिति रहेको थियोे ।

images
प्रकाशित मिति :माघ २६, २०८१ शनिवार - २०:००:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology