Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देवघाटमा शनिबार लाखौं भक्तजनको घुईचो

देवघाटमा शनिबार लाखौं भक्तजनको घुईचो

इच्छाकामना न्युज

२६, माघ २०८१
देवघाटमा शनिबार लाखौं भक्तजनको  घुईचो

विष्णु मगर । देवघाट, माघ २६। माघ महिनाको अन्तिम शनिबार आज देवघाटमा लाखौं भक्तजन आएका छन् । शनिबार भिमा एकादशी पर्व पनि परेको हुँदा त्रिशुली र कालिगन्डकीको संगममा स्नान गर्न तथा देवघाट महा–महामहोत्सव अवलोकन गर्न लाखौं भक्तजन आएका थिए । चितवन तर्फबाट आएका भक्तजनलाई रामनगर, ठिमुरा र दासढुङ्गाबाट देवघाट जाने प्रबन्ध मिलाईएको थियो । सवारीको चापले आपँटारीमा निकै ठुलो जाम परेको थियो ।

images

शनिबार देवघाटमा स्नान गर्न आएका सर्वसाधरणले सवारी पार्किङको व्यवस्था नहुँदा निकै सास्ती बेहोर्नु परेको छ । भक्तजनले ल्याएका साना ठुला सवारी सयौं सवारी साधन व्यवस्थित पार्किङ नहुँदा रोडमै पार्किङ गर्न बाध्य भएका थिए । बुधबार देवघाटमा भक्तजनको भिड व्यवस्थापनमा पनि निकै चुनौती बढेको थियो ।

दासढुङ्गा–देवपुर सडक खन्डको इलाका प्रहरी कार्यालयदेखी देपवुर तर्फ र घिनाटार–टाउनचोक सडकमा सयौं सवारी साधन अव्यवस्थित रुपमा पार्किङ गरिएका थिए । सवारीको जामले इप्रका अगाडीबाट भक्तजनहरु हिड्नु परेको थियो । त अव्यवस्थित पार्किङको कारण वेणी संगमसम्म पुग्न भक्तजनलाई निकै सास्ती भएको थियो । यसवर्ष माघे संक्रान्ति, माघ १२ गते षट्तिला एकादशी र माघ १६ गतेको माघे औंशीको दिन लाखौं भक्तजन देवघाट आएका थिए । रोडमा नअटेका सवारी साधन व्यक्तिको आँगनमा र बारीमा पनि पार्किङ गरिएका थिए ।

भक्तजन र सवारीको चाप बढेपछि आबुँखैरेनीबाट थप प्रहरी मगाईएको इलाका प्रहरी कार्यालय देवघाटले जनाएको छ । सवारीको चाप बढे पछि देवघाटमा कार्यरत एक जना ट्राफिक सहायक हवल्दारले सवारी व्यवस्थापन गर्न नसकेपछि उनको सहयोगकोलागि आवुखैरेनीबाट ट्राफिक प्रहरी मगाईएको ट्राफिक प्रहरी सहायक हवल्दार कपिल तिवारीले जानकारी दिए ।
भिड व्यवस्थापन गर्न स्थानीय बासिन्दाबाट कुनै सहयोग नपाईएको देवघाटका ट्राफिक सहायक हवल्दार तिवारीले बताए । घर अगाडी सवारी साधन रोक्न र पार्किङ गर्न स्थानीय बासिन्दाबाट कुनै सहयोग नभएको उनले बताए । खाली जग्गा धेरै भएता पनि जग्गाधनीले ठाउँ नदिदा सडकमा गाडि पार्किङ गर्न पर्ने कारणले दुई तर्फी सवारी साधान सञ्चालन गर्न समस्या भएको तिवारीले बताए ।

व्यापार बढेपछि व्यापारी मख्ख 

 

देवघाट महा–महोत्सव सुरु भएयता देघवाटका स्थानियले व्यपार व्यवसायबाट मनग्य आम्दानी गरेको व्यापारी पुरन प्रसाद पाण्डेले जानकारी दिए । महा–महोत्सव अघि दिनमा २ हजार कमाइ हुन गाह्रो हुनेमा महा–महोत्सव सन्चालन भएदेखी दैनिक २० हजारसम्मको व्यपार हुन थालेको उनले बताए । व्यापार बढेपछि स्थानीय व्यापारी मख्ख परेका छन् । चितवन र तनहुँ तर्फका दुबै बजार क्षेत्रमा मनग्य व्यापार भएको छ । देवघाट क्षेत्रमा पुजा पसल, खाजा पसल, फलफुल तथा जुस पसलमा ग्राहकको अत्याधिक भिड देखिन्छ ।

माघे संक्रान्ति मेलाको व्यवस्थापनकोलागि महिनादिन अघि देखी देवघाट क्षेत्र विकास समितिको नेतृत्वमा व्यवस्थापनको काम हुने र त्यसमध्ये पार्किङ व्यवस्थापन पनि पर्ने हुँदा त्यस दिन केही सहज भएपनि त्यस बाहेकको अन्य दिनमा भने क्षेत्रविकास समितिबाट कुनै सहयोग प्राप्त हुने स्थानीयको भनाई छ । यसले गर्दा सर्वसाधरणले निकै सास्ती भोग्नु परेको थियो ।

 

 

देवघाटमा माघ १ गतेदेखी विश्व जागरण महाअभियान ट्रष्टको आयोजना तथा इश्वरकृष्ण महाराजको संकल्पमा देवघाट दिब्यधाम शिलान्यास तथा देवघाट महा–महोत्सव चलिरहेको हुँदा हजारौं सर्वसाधरण दैनिक रुपमा देवघाट आएका छन् । चितवनको रामनगर र आँपटारीबाट देवघाट जान त्यस्तै सास्ती हुन थालेपनि अधिकांश भक्तजन दासढुङ्गा र ठिमुरा हुँदै देवघाट प्रवेश गर्न थालेका छन् । त्यस्तै त्रिशुलीको पुलबाट हजारौं सर्वसाधरण वारपार गरेका थिए । भिड बढेपछि त्रिशुलीको पुल पार गर्न सर्वसाधरणलाई घन्टौं लागेको थियो ।

images
प्रकाशित मिति :माघ २६, २०८१ शनिवार - २०:०६:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology