बैतडी, १० फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा सार्वजनिक गरिएका दिनेश भट्ट माथि थप अनुसन्धानका लागि अझै ५ दिनको म्याद थप गरिएको छ ।
जिल्ला अदालत बैतडीले आज अनुसन्धानका लागि थप ५ दिनको अनुमति दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । यस अघि गत बुधबार सार्वजनिक गरिएका १६ वर्षीया दिनेश माथि अनुसन्धानका लागि अदालतले ५ दिनको लागि अनुमति दिएको थियो । म्यादमा अनुसन्धानको क्रम नसकिएकोले थप ५ दिनको लागि अनुमति लिइएको हो ।