गोरखा । गण्डकी गाउँपालिकामा नेपाली काङ्ग्रेस छाडेर माओवादी (केन्द्र) प्रवेश गर्ने लहर चलेको छ । हिजो जनयुद्ध दिवसको अवसर पारेर माओवादी केन्द्र गण्डकी गाउँपालिकाले घ्याल्चोकमा गरेको एक कार्यक्रममा काङ्ग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्काे लागेको गण्डकी गाउँपालिका माओवादी केन्द्रका अध्यक्ष सङ्गम मग्रातिले इच्छाकामना न्युजलाई बताए । कार्यक्रममा माओवादी केन्द्रको माहासचिव देव गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । पार्टीमा नवप्रवेशिहरुलाई माहासचिव गुरुङले अविर र खादा लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेश गर्नेहरुमा अर्जुन चेपाङ, कप्तान गुरुङ, श्री बहादुर गुरुङ, शरण चेपाङ,रुद्र बहादुर दर्लामी, अमृता रोका, प्रेम बहादुर थापा मगर, टक बहादुर थापा मगर, सुरेश थापा मगर, राम चन्द्र पाठक, बिरेन्द्र नेपाली
पुर्ण नारायण श्रेष्ठ, राजन रम्तेल, वीर बहादुर उपरकोटी, शेर बहादुर बिक छन् । 