चीनको १० दिने औपचारिक भ्रमणमा रहेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डललाई चिनियाँ कम्युनिष्ट पार्टीले स्वागत गरेको छ ।
स्वागतका लागि राखिएको डिजिटल बोर्डमा चिनियाँ र अंग्रेजी भाषामा ‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेताहरूको प्रतिनिधिमण्डललाई हार्दिक स्वागत’ लेखिएको छ । बोर्डमा यस्तो लेखिए पनि सिपिसीका कुन तहका नेताले स्वागत गरेको हो भन्ने चै खुलेको छैन ।
यता, सांसदहरूको चीन भ्रमणलाई लिएर पार्टीभित्रै असन्तुष्टि चुलिएको छ । सुशासन र पारदर्शीताको वकालत गर्ने पार्टीका नेताले विदेश घुमघामको मोह देखाएको भन्दै सार्वजनिक वृत्तमा पनि प्रश्न उठिरहेको छ ।