काठमाण्डौ, २४ असोज
नेपालमा पछिल्लो २४ घण्टामा पाँच हजार धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरको प्रयोगशालामा १९ हजार तीन सय २० जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय २९ जना निको भएर घर फर्किएका छन् योसँगै कोरोना जितेर घर फर्किनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ। हाल देशभर ३० हजार ८ सय १८ जना सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको ज्यान गएको छ। योसँगै ज्यान गुमाउनेको संख्या ६ सय १४ पुगेको छ मन्त्रालयले जनाएको छ।