Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

लेबनानलाई हराउँदै नेपाल एक खेल अगाडि फाइनलमा प्रवेश

लेबनानलाई हराउँदै नेपाल एक खेल अगाडि फाइनलमा प्रवेश

इच्छाकामना न्युज

८, फाल्गुण २०८१
लेबनानलाई हराउँदै नेपाल एक खेल अगाडि फाइनलमा प्रवेश

काठमाडौँ । म्यानमारसँगै नेपालले बिहीबार फोर नेसन्स कपको फाइनल यात्रा तय गरेको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले लेवनानलाई १–० ले हराएपछि फाइनल समीकरण तय भएको हो । लगातार दोस्रो जितपछि दुवै टिमको समान ६ अंक भएको छ । अब म्यानमार र नेपालबीच नै प्रतियोगिताको अन्तिम लिग खेल आइतबार हुनेछ ।

images

त्यसको नतिजाले समूह जित्ने टिमको निर्णय गर्नेछ । त्यस अगाडि लेवनान तथा किर्गिस्तान भिड्ने छन् र यो प्रतिष्ठाको खेल मात्रै हुनेछ । दुवै टिम लगातार दुई खेल गुमाएर शून्य अंकमा छन् । म्यानमारले दिनको पहिलो खेलमा किर्गिस्तानलाई ५–० ले पराजित गरेको थियो ।

नेपालको जितमा सावित्रा भण्डारीको भाग्यमानी गोल निर्णायक रह्यो । खेलको ४२ औं मिनेटमा सावित्राले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार लेवनानी खेलाडी फराह एल टयरको शरीरमा ‘डिफ्लेक्ट’ हुँदै गोलमा परिणत भएको थियो । खेल आफैमा रोमाञ्चक रह्यो र लेवनानले नेपालसामु बलियो चुनौती पेस गरेको थियो ।

दोस्रो हाफको इन्ज्युरी समयमा लेवनानकी जावा अरबीको प्रहार पोस्टमा लागेर फर्केको थियो र यसले गोलको रूप लिएको भए खेल र प्रतियोगिताकै समीकरण फरक हुन सक्थ्यो । लेवनानमाथि नेपालको यो दोस्रो जित हो । यसअघि नेपालले सन् २०२४ को वाफ च्याम्पियनसिपमा लेवनानलाई सेमिफाइनलमा हराएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०८१ बिहिवार - २१:११:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology