Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा झन्डै ५ लाख दर्शनार्थी आउने अनुमान

शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा झन्डै ५ लाख दर्शनार्थी आउने अनुमान

इच्छाकामना न्युज

१२, फाल्गुण २०८१
शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा झन्डै ५ लाख दर्शनार्थी आउने अनुमान

काठमाण्डाै । पशुपति क्षेत्र विकास कोषले यस वर्ष शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा झन्डै ५ लाख दर्शनार्थी आउने अनुमान गरेको छ । कोषले आज पत्रकार सम्मेलन गरेर महाशिवरात्री अर्थात् आउँदो बुधवार झन्डै पाँच लाख दर्शनार्थी आउने अनुमानसहित तयारी गरेको जानकारी गराएको हो ।

images

यस्तै मेला व्यवस्थापनका लागि एक करोड ५० लाख रुपैयाँ खर्च हुने कोषको अनुमान छ । कोषले पशुपति क्षेत्रको सजावटसहित मेलामा आएका साधुसन्तको खान/बस्न खर्च तथा दक्षिणालगायत व्यवस्थापनमा खर्च हुने जनाएको छ ।

महाशिवरात्रिको तयारी गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । यस्तै मूल समिति अन्तर्गत रहने गरी १० वटा उपसमिति पनि गठन भएको कोषले जनाएको छ ।

मेलाका लागि पशुपतिनाथको क्षेत्रमा सजावटको काम भइरहेको छ । शिवरात्रिका दिन पशुपति क्षेत्रमा झन्डै सात हजार जना प्रहरी परिचलन गर्ने तयारी छ । त्यसैगरी निर्धारित दर्शनमार्गहरूलाई लक्षित गरी सीसीटीभी क्यामेरा जडान गर्ने कोषले जनाएको छ । महाशिवरात्रिमा पशुपति क्षेत्रमा ४१ वटा संस्थाका चार हजार जना स्वयंसेवक परिचालन हुनेछन् । ट्राफिक प्रहरी महाशाखाको सहयोगमा निश्चित ठाउँमा पार्किङस्थलहरूको पनि व्यवस्था गरेको कोषले जनाएको छ ।

कोषले महाशिवरात्रिमा पशुपतिनाथ क्षेत्रभित्र आवास/भोजन वितरण गर्ने संस्थाहरूलाई काँच र प्लास्टिकबाट बनेका कप, प्लेट प्रयोग गर्न रोक लगाउने निर्णय गरेको छ । त्यस्ता संस्थाहरूलाई कागज, पातलगायतबाट बनेका कप, प्लेट मात्रै प्रयोग गर्न भनेकाे पत्रकार सम्मेलनमा प्रचारप्रसार समिति संयोजक राजु खत्रीले जानकारी दिनुभयो ।

पशुपति क्षेत्रमा साधुसन्त आउने क्रम चलिरहेको छ । कोषले भोलिदेखि १६ गतेसम्म पशुपति क्षेत्रमा विशेष सरसफाई अभियान पनि सञ्चालन गर्ने भएको छ ।

 

images
प्रकाशित मिति :फाल्गुण १२, २०८१ सोमवार - २१:१८:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology