Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नेपाली महिला राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय उपाधि चुम्ने सपना फेरि अधुरै

नेपाली महिला राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय उपाधि चुम्ने सपना फेरि अधुरै

इच्छाकामना न्युज

१४, फाल्गुण २०८१
नेपाली महिला राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय उपाधि चुम्ने सपना फेरि अधुरै

काठमाडौँ, फागुन १४ गते । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय उपाधि चुम्ने सपना फेरि अधुरै बनेको छ ।

images

घरेलु मैदानमा ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता जित्ने लक्ष्य बनाएको नेपाल बुधबार दशरथ रङ्गशालामा बलियो प्रतिद्वन्द्वी म्यानमारसँग २–० गोलले पराजित भयो । १३औँ पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलेको नेपाल पुन: उपविजेतामा सीमित बनेको छ । 

म्यानमारको जितमा यु पर किनले खेलको ६२औँ मिनेटमा गोलको खाता खोल्नुभयो । उहाँले मध्यमागबाट एक्लै अगाडि लगेर गोल गर्नुभएको थियो । जुन बललाई नेपालका रक्षक र गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले नियाल्न सक्नुभएन ।

यस्तै ६४औँ मिनेटमा म्यानमारकी कप्तान विन टुनको प्रहार गीता रानालाई लाग्दै गोलमा परिणत भएपछि नेपाल स्तब्ध बनेको थियो । १५ हजार धेरै घरेलु सर्मथकको साथ पाएको नेपालले पहिलो हाफमा दुईवटा राम्रो गोलको अवसर खेर फालेको थियो । 

तर नेपाल दोस्रो हाफमा लगातार दुई गोल खाएपछि निरिह बन्यो । यसअघि भएका पाँच भिडन्तमा म्यानमारसँग तीन हार र दुई खेल बराबरीको आत्मसाथ गरेको नेपालले यसपटक पनि फाइनलमा म्यानमारलाई हराउन सकेन । यसअघि लिग चरणमा नेपाल र म्यानमारले २–२ गोलको बराबरी खेलेका थिए । 

कीर्गिस्तान र लेबनान गरी चार टोली सम्मिलित प्रतियोगितामा दुवै टोलीले लिग चरणमा दुई दुई जित र एक बराबरी नजितासात सात सात अङ्क बटुल्दै फाइनलमा पुगेका थिए । 

नेपालले लिग चरणमा कीर्गिस्तान र लेबनानलाई समान १–० गोलले हराएको थियो । यस्तै म्यानमारले लेबनानलाई ३–१ र कीर्गिस्तानलाई ५–० गोलले हराएको थियो । 

एन्फाले यस प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप–२०२६ छनोट र फिफा महिला विश्वकप–२०२७ को छनोटको तयारीको रूपमा लिएको छ । 

images
प्रकाशित मिति :फाल्गुण १४, २०८१ बुधवार - २३:३५:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology