आँबुखैरेनी । गोरखाको मनकामना माईको दर्शन गरी फर्कदै गर्दा आज बिहान करिब ११ः ३० बजे शहिद लखन गाउँपालिका ३ कानटारमा दुर्घटनामा परको इभि माईक्रोका सम्पूर्ण तीर्थयात्रीहरु चितवन खैरहनी नगरपालिकाको रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले दुर्घटना बारे पुष्टि गर्दै उक्त दुर्घटनामा परी १ जनाको मृत्यु भएको र १४ जना घाईते भएको पुष्टि गरेको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा चितवन जिल्ला, खैरहनी नगरपालिका २ टाँडी पर्सा बस्ने बर्ष ३७ का पदमबहादुर दर्जी भएको गोरखा प्रहरीले पुष्टी गरेको छ ।
नारायणघाटबाट गोरखाको मनकामना गएर आँबुखैरेनी तर्फ फर्कदै गर्दा अनटेष्ट नम्बरको ईभी गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बासुदेव पाठकले बताए ।
गाडी सडकबाट १५ मिटर तल खसेको छ । सोही दुर्घटनामा खैरहनी नगरपालिका २ टाँडी पर्सा बस्ने चालक बर्ष २६ को सुमित चौधरी, हरिकला परियार, गिता परियार, रितेश परियार, सन्ध्या परियार, रुपा परियार, सञ्चिता आले, प्रमिला राना, विमला परियार, राजु परियार, सुवना परियार, अभिषेक परियार, अनिसा परियार र अर्जुन परियार घाईते भएका छन् ।
दुर्घटनामा घाईते सबैको आँबुखैरेनी अस्पताल आँबुखैरेनीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटना भएको माइक्रो ईभी भएको पुष्टि भएको छ ।
