Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखाको शहिद लखन गाउँपालिका र प्राईम बैंक बिच सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर

गोरखाको शहिद लखन गाउँपालिका र प्राईम बैंक बिच सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर

इच्छाकामना न्युज

११, फाल्गुण २०७७
गोरखाको शहिद लखन गाउँपालिका र प्राईम बैंक बिच सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर

घैरुङ, ११ फागुन । गोरखाको शहिद लखन गाउँपालिका र प्राईम कमर्सियल बैंक बिच सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ। आज गाउँपालिका कार्यालय घैरुङमा गाउँपालिकाका प्रतिनिधी र बैंकका प्रतिनिधी बिच सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो। 
समझदारी पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष रमेश बाबु थापा मगरले तथा प्राईम कमर्सियल बैंकको तर्फबाट बैंक घैरुङ शाखा प्रबन्धक अमृत कुमार अधिकारी र मनकामना शाखा प्रबन्धक दिपेन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो। उक्त समझादारी पत्रमा नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ बमोजिम बैंकका शाखाहरुबाट शहिद लखन गाउँपालिका भित्रका कृषक, उद्यमी तथा व्यवसायीहरुलाई बैंकहरुले ऋण प्रवाह गर्ने र उक्त ऋण कारणवश सहज तवरले असुली गर्न नसकेको अवस्थामा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रावधान रहेको गाउँपालिकाले जानकारी दिएको छ।
यस्तै उक्त कर्जा लिनका लागि आवश्यक सहजीकरण तथा कागजपत्र व्यवस्थापनमा गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाई समितिले सहयोग गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ। साथै समझदारीका लागि पूर्णीमा परियोजनाका उद्यम विकास अधिकृत शेर बहादुर बोहोराले आवश्यक समन्वय तथा सहजीकरण गर्नुभएको थियो।

images

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - २०:३४:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology