Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

तमू समाज कुवेतद्धारा ‘९ औं बृहत रक्तदान कार्यक्रम’ मे २३ तारिख गर्ने

तमू समाज कुवेतद्धारा ‘९ औं बृहत रक्तदान कार्यक्रम’ मे २३ तारिख गर्ने

इच्छाकामना न्युज

२५, फाल्गुण २०८१
तमू समाज कुवेतद्धारा ‘९ औं बृहत रक्तदान कार्यक्रम’ मे २३ तारिख गर्ने
images

कुवेत सिटी । "रक्तदान जीवन दान" भन्ने नारा सहित तमू समाज कुवेतद्धारा ९ औं  बृहत रक्तदान कार्यक्रम आगामी मे २३ तारिख २०२५ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने समाजका अध्यक्ष रन्जाना गुरुङले जानकारी दिएको छन।  

तमू समाज कुवेतले विगत २०१३ सालदेखी कुवेत नगरीमा वार्षिक सामुहिक खुल्ला रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ। तमू समाज कुवेतले यो ९औं पटक बृहत रक्तदान कार्यक्रम संचालन गर्न लागेको हो।समाजले  उपचारमा रगत आवश्यकता परेका धेरै बिरामीलाई कुबेतमा रगत उपलब्ध गराउदै आएको छ।
 
रगत बिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो। यस विशेष अवसरमा आयोजना हुने पवित्र कार्य (रक्तदान कार्यक्रम) मा स्वतः स्फूर्त सहभागिताका लागि  कुवेतमा  क्रियाशील नेपाली संघ सस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडी लगायत कुवेतमा कार्यरत सम्पूर्ण नेपालीहरु लाई तमू समाज कुवेतले अनुरोध गरेको छ।  


रक्तदान कार्यक्रमको मिति,समय र स्थान निम्न रहेको छ ।


मिति : शुक्रबार, २३ मे २०२५  

समय : दिनको ठिक १:०० बजे
स्थान : सैन्ट्रल ब्लड बैंक जाब्रिया कुवेत

images
images

images
प्रकाशित मिति :फाल्गुण २५, २०८१ आइतवार - ०९:३५:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology