Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पहिलो पटक भर्चुअल प्रविधिको प्रयोग गर्दै आँबुखैरेनीको माई छिम्केश्वरी सहकारीले सम्पन्न ग¥यो दोस्रो वार्षिक साधारण सभा

पहिलो पटक भर्चुअल प्रविधिको प्रयोग गर्दै आँबुखैरेनीको माई छिम्केश्वरी सहकारीले सम्पन्न ग¥यो दोस्रो वार्षिक साधारण सभा

करिब साढे १४ लाख खुद मुनाफा गरेको प्रतिवेदन पेश

चित्र बहादुर गुरुङ

२५, आश्विन २०७७
पहिलो पटक भर्चुअल प्रविधिको प्रयोग गर्दै आँबुखैरेनीको माई छिम्केश्वरी सहकारीले सम्पन्न ग¥यो दोस्रो वार्षिक साधारण सभा

आँबुखैरेनी, २५ असोज । तनहुँको आँबुखैरेनी बजारमा सञ्चालनमा रहेको माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्थाले दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाले शनिबार पहिलो पटक भर्चुअल प्रविधि (जुम) को प्रयोग गर्दै सभा सम्पन्न गरेको हो। 
प्रमुख अतिथि र कार्यसमितिको सिमित व्यक्तिहरुलाई कार्यालयमा उपस्थित गराई बाँकि सम्पूर्ण शेयर सदस्यहरुलाई जुममा उपस्थित गराई गरिएको साधारण सभामा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा रहनुभएको थियो भने कार्यक्रमको सभापति संस्थाका अध्यक्ष रत्न कुमार श्रेष्ठ रहनुभएको थियो। 

images

120914321_733670553852301_3422074526069602962_o.jpg
साधारण सभालाई सम्बोधन गर्दै नेपालमा सहकारीहरु धेरै भएकोले अब मर्जरमा जानुपर्ने कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले बताउनुभयो। सहकारी विभागले ३५ हजार भन्दा बढि रहेका सहकारीको संख्यालाई घटाई १५ हजार हाराहारीमा झार्ने तयारी गरिरहेकोले अब आँबुखैरेनीमा सञ्चालनमा रहेका सहकारीहरु पनि मर्जरमा जानका लागि तयारी हुनुपर्नेमा अध्यक्ष थापाले जोड दिनुभयो। 
यस्तै कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष रत्न कुमार श्रेष्ठले कोभिड १९ को प्रभावका कारण संस्थाको दोस्रो साधारण सभा भर्चुअल प्रविधि मार्फत गर्नुपर्ने बाध्यता परेको बताउनुभयो। यस वर्ष सबै शेयर सदस्यहरुलाई प्रत्यक्ष रुपमा सहभागी गराई भव्य रुपमा साधारण सभा गर्न नसकिए पनि आगामी वर्ष समय अनुकुल रहेमा भव्य गरिने उहाँले बताउनुभयो।

121168633_733670510518972_8804064558002817333_o.jpg
सभामा संस्थाका अध्यक्ष श्रेष्ठले अध्यक्षको प्रतिवेदन वाचन गर्नुभएको थियो भने सचिव प्रेम कुमार श्रेष्ठले पनि सचिवको प्रतिवेदन वाचन गर्नुभएको थियो। सचिवको प्रतिवेदन प्रस्तुत गर्दै सचिव श्रेष्ठले यस वर्ष संस्थाले बरादीमा पहिलो पटक सदस्य सेवा केन्द सञ्चालनमा ल्याईएको जानकारी गराउनुभयो।

120926391_733670383852318_2133135324634201290_o.jpg
यस्तै सभामा संस्थाका कोषाध्यक्ष प्रकाश अधिकारीले आर्थिक वर्ष २०७६/०७७ मा संस्थाले २१ करोड ९६ लाख २२ हजार ९ सय २३ रुपैयाँ १८ पैसाको कारोबार गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा ९ करोड ४९ लाख ६८ हजार २ सय ६२ रुपैयाँ ८२ पैसा बचत संकलन गरी ११ करोड ७७ लाख १२ हजार ५ सय ५२ रुपैयाँ ८० पैसा ऋण लगानी गरेको जानकारी दिनुभयो। जसबाट संस्थाले सो आर्थिक वर्षमा ७८ लाख ६० हजार २ सय ४० रुपैयाँ ९१ रुपैयाँ सञ्चालन मुनाफा गर्न सफल भएको बताउनुभयो, साथै संस्थाको खुद मुनाफा १४ लाख ३३ हजार १ सय ६४ रुपैयाँ ७७ पैसा भएको पनि बताउनुभयो। यस्तै यस वर्ष जगेडा कोषमा ३ लाख ७७ हजार ३ सय ९४ रुपैयाँ ३३ पैसा जम्मा भएको पनि जानकारी दिनुभयो।

121001180_733670143852342_3310561042870848461_n.jpg
कार्यक्रममा लेखा समितिका संयोजक कृष्णमान तामाङले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सभामा संस्थाका उत्कृष्ट कारोबार कर्ता र उत्कृष्ट बाल बचतकर्ताहरुलाई संस्थाले सम्मान समेत गरेको थियो।

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - ०९:४८:०३ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology