Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मधेश सिरहामा बोराभित्र शव फेला

मधेश सिरहामा बोराभित्र शव फेला

इच्छाकामना न्युज

११, चैत्र २०८१
मधेश सिरहामा बोराभित्र शव फेला

सिरहा । गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोलाको किनारमा बोराभित्र शव फेला परेको परेको हो ।

images

प्रहरी घटनास्थलमा पुगेर अहिले शव उठाउने काम गरिरहेको छ । अहिले आफूहरू घटनास्थलमै रहेको र शव उठाउने काम गरिरहेको इलाका प्रहरी कार्यालय, मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले बताए ।

प्रहरीका अनुसार, शवको कसको हो भन्ने कुरा अहिले यकिन भने हुन सकेको छैन । तर, सोही गाउँकी १३ वर्षीया बालिका गुल्सना खातुन गत फागुन २९ गतेदेखि हराइरहेकी छिन् । गाउँकै सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका खातुन बिहान ९ बजे घरबाट निस्केकी थिइन् ।

तर, फर्केर नआएपछि आमा जाहेदा खातुनले चैत १ गते मा प्रहरीमा निवेदन दिएकी थिइन् । मंगलबार भेटिएको शव उनकै हुनसक्ने आशंका स्थानीयको छ ।

तर, डीएसपी बाखुले भने शव कुहिएको अवस्थामा भेटिएकोले पहिचान गर्न अप्ठ्यारो भएको र अनुसन्धानपछि थप कुरा खुल्ने जनाए ।

images
प्रकाशित मिति :चैत्र ११, २०८१ मंगलवार - १३:५१:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology