काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएकोहो । इस्लाम धर्मावलम्बीको महान पर्व‘ईद–उल–फित्र’हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ।