Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच थाइल्याण्डमा भेटवार्ता हुँदै

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच थाइल्याण्डमा भेटवार्ता हुँदै

इच्छाकामना न्युज

२०, चैत्र २०८१
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच थाइल्याण्डमा भेटवार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार अपराह्न थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता तय भएको छ । ओली पछिल्लोपटक प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग हुन लागेको यो दोस्रो भेट हो । उनीहरूबिच पहिलो भेट अमेरिकाको न्युयोर्कमा भएको थियो । भारत भ्रमणमा जाने प्रधानमन्त्री ओलीको प्रयास भने नौ महिनासम्म सफल भएको छैन ।

images

थाइल्यान्डको औपचारिक भ्रमण र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास ९बिमस्टेक०को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबिच २० मिनेट वार्ता तय भएको छ । मोदी बस्ने म्यान्डेरियन ओरिन्टल होटेलमा दुई प्रधानमन्त्रीबिच प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ ।

परराष्ट्र मन्त्रालयको प्रोटोकल डिभिजनले तयार पारेको कार्यतालिकाअनुसार प्रधानमन्त्री ओली र मोदीबिच शुक्रबार अपराह्न ४ बजेदेखि ४स्२० सम्म २० मिनेट प्रधानमन्त्रीसहित सातजना प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । बिमस्टेक सम्मेलन सम्पन्न भइसकेपछि दुई प्रधानमन्त्रीबिच भेट हुन लागेको हो ।

यसअघि ओली–मोदीबिच गत ७ असोजमा न्युयोर्कमा भेट भएको थियो । त्यसवेला संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने क्रममा उनीहरूबिच भेट भएको हो । यसपटक बिमस्टेक सम्मेलनमा सहभागी हुने क्रममा उनीहरूबिच भेटको चाँजोपाँजो मिलेको छ ।

वार्तामा नेपालबाट प्रधानमन्त्री ओलीबाहेक परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका अर्थ तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्रसचिव अमृतबहादुर राई र परराष्ट्रका उपसचिव अम्बिका जोशी सहभागी हुनेछन् । औपचारिक वार्तामा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीलाई भने राखिएको छैन ।

भेटमा मोदीलाई प्रधानमन्त्री ओलीले यसअघि गरेको निमन्त्रणा र सगरमाथा संवादमा सहभागी हुन पठाएको निमन्त्रणाबारे ध्यानाकर्षण गराउनेछन् । यसबाहेक दुई देशबिच जलविद्युत् र ऊर्जा सहकार्य, सीमालगायतका विषयमा पनि छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ ।

images
प्रकाशित मिति :चैत्र २०, २०८१ बिहिवार - ०८:३७:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology