Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

रामनवमीका अवसरमा देशभरका राम मन्दिरमा भक्तजनको घुइँचो, जनकपुरमा विशेष उत्सव

रामनवमीका अवसरमा देशभरका राम मन्दिरमा भक्तजनको घुइँचो, जनकपुरमा विशेष उत्सव

इच्छाकामना न्युज

२३, चैत्र २०८१
रामनवमीका अवसरमा देशभरका राम मन्दिरमा भक्तजनको घुइँचो, जनकपुरमा विशेष उत्सव

काठमाडौं । आज देशभर रामनवमी पर्व श्रद्धा, भक्तिभाव र हर्षोल्लासका साथ मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौसल्याका सुपुत्रका रूपमा जन्मिएका भगवान श्रीरामको जन्मोत्सवको रूपमा यो पर्व मनाइन्छ। चैत्र शुक्ल नवमीका दिन राम जन्मिएको विश्वासका साथ प्रत्येक वर्ष यो पर्व मनाउने गरिन्छ ।

images

रामनवमीको अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न राम मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । पशुपति क्षेत्रभित्र रहेको राम मन्दिर, बत्तिसपुतलीस्थित राम मन्दिर, सीतापाइला र चाबहिल क्षेत्रका मन्दिरहरूमा राम भक्तजन दर्शन पूजाका लागि जुटेका छन् । मन्दिर परिसरमा भजन–कीर्तन, पूजा–आरती र विशेष धार्मिक अनुष्ठानहरू सञ्चालन भइरहेको छ ।

विशेषगरी जनकपुरधाममा आज रामनवमी पर्व विशेष उत्साहसाथ मनाइएको छ। भगवान राम र माता सीताको विवाह जनकपुरमै भएको ऐतिहासिक मान्यताका कारण यहाँ यो पर्व विशेष महत्वका साथ मनाइन्छ ।

जनकपुरस्थित जानकी मन्दिरमा बिहानैदेखि विशेष पूजा, झाँकी प्रदर्शनी, राम–सीताको झुला यात्रा, भजन कीर्तनलगायत कार्यक्रमहरू आयोजना भएका छन्। देशभरबाट आएका श्रद्धालु तीर्थयात्रीहरूको उल्लेख्य उपस्थिति रहेको छ।

यस अवसरमा धार्मिक प्रवचन, रामायण पाठ, हवन, प्रसाद वितरणजस्ता गतिविधिहरूले मन्दिर क्षेत्रलाई भक्तिमय बनाएको छ । विभिन्न सामाजिक तथा धार्मिक संस्थाहरूले निःशुल्क पानी, प्रसाद तथा स्वास्थ्य शिविरको समेत व्यवस्था गरेका छन् ।

रामनवमीले धार्मिक तथा सांस्कृतिक चेतनासँगै समाजमा नैतिकता, सत्य र धर्मको मार्ग अनुसरण गर्न प्रेरणा दिने विश्वास गरिन्छ । यस पर्वले भगवान रामका आदर्श चरित्र, त्याग, सेवा र कर्तव्यबोधको स्मरण गराउँदै समाजमा सकारात्मक सन्देश फैलाउने काम गर्दछ।

images
प्रकाशित मिति :चैत्र २३, २०८१ आइतवार - १०:४०:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology