Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीद्वारा पदभार ग्रहण

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीद्वारा पदभार ग्रहण

इच्छाकामना न्युज

१३, फाल्गुण २०७७
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीद्वारा पदभार ग्रहण

देवघाट, १३ फागुन । देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा वद्रीप्रसाद अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै अधिकारीले देवघाट क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो ।

images

देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर अगाडि लैजाने भन्दै उहाँले देवघाटमा रहेका मठ मन्दिर र आश्रमहरुको संरक्षण र प्रवद्र्धन गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देवघाटमा रहेको स्थानीय तह, स्थानीयवासी र आश्रमहरूसँग समन्वय गरेर अगाडि बढ्छु ।’ सो अवसरमा बोल्दै उहाँले देवघाटमा लामो समयदेखि समस्याको रुपमा रहेको जग्गा अतिक्रमणलाई पनि रोक्ने बताउनुभयो ।

अतिक्रमण गर्ने व्यक्ति र संघ संस्थासँग बसेर छलफल गरेर समस्या समाधानको बाटो रोज्ने योजना रहेको बताउनुभयो । त्यसैगरी, नवनियुक्त अध्यक्ष अधिकरीले देवघाटमा रहेको बाँदरको समस्यालाई व्यवस्थित रुपमा समाधान गर्ने र दाहासंस्कार स्थलमा छाडा छोडिएका गाईहरुलाई पनि व्यवस्थित गरिने बताउनुभएको छ । उहाँले त्रिकोणात्मक झोलुङ्गे पुललाई अगाडि बताउने प्रतिवद्धता जनाउनुभएको छ ।

कार्यक्रममा निर्वतमान अधयक्ष शिवराज पौडेलले देवघाटको विकासका लागि नयाँ अध्यक्षलाई सहयोग गर्ने बताउनुभएको छ । देवघाटलाई ठीक समयमा ठीक निर्णयका साथ कामहरु गरिरहेको बताउनुभएको छ । विशिष्ठ धामको रुपमा विकास गरेर अतिक्रमित भूमिलाई फिर्ता गर्नुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा देवघाट गाउँ पालिकाका अध्यक्ष दुर्गबहादुर थापाले स्थानीय तहसँग सहकार्य गरेर काम गर्न आग्रह गर्नुभयो । उहाँले देवघाट क्षेत्र विकासलाई गाउँपालिकाले सहयोग गरिरहेको भन्दै आउँदा दिनमा पनि सहयोग गर्ने बताउनुभयो । कार्यक्रम देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव धीरणबाबु घिमिरेको अध्यक्षता सम्पन्न भएको हो ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०७७ बिहिवार - ०७:३७:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology