Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कोपा डेल रेः रियललाई हराएर बार्सिलोनाले उचाल्यो उपाधि

कोपा डेल रेः रियललाई हराएर बार्सिलोनाले उचाल्यो उपाधि

इच्छाकामना न्युज

१४, बैशाख २०८२
कोपा डेल रेः रियललाई हराएर बार्सिलोनाले उचाल्यो उपाधि

सेभिल्लामा । एल क्लासिको भिडन्तमा रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले कोपा डेल रे को उपाधि उचालेको छ।

images

शनिबार राति सेभिल्लामा भएको कोपा डेल रे को फाइनलमा बार्सिलोनाले रियललाई ३–२ ले हराउँदै उपाधि जितेको हो।

 

बार्सिलोनाको जितमा जुल्स काउन्डेले नायक बने। रोमाञ्चक खेलको अतिरिक्त समयमा काउन्डेलेको गोलमा बार्सिलोनाले उपाधि जित्न सफल भएको हो।

त्यसअघि निर्धारित ९० मिनेटमा दुवैतर्फबाट समान २ गोल भएको थियो। खेलको पहिलो हाफमा बार्सिलोनाले रियलमाथि दबाब बनाएको थियो। यद्यपी वैकल्पिक खेलाडीको रुपमा केलियन एमबाप्पे मैदान छिरेपछि रियलले खेलमा उत्कृष्ट सुधार गरेको थियो।

पहिलो हाफको २० औँ मिनेटमा पेड्रीले सुरुवाती अग्रता बनाएको थियो। दोस्रो हाफको ६९ मिनेटसम्म अग्रता जोगाएको बार्सिलोनाले ७० औँ मिनेटमा गोल खान पुग्यो।

खेलको ७० औँ मिनेटमा केलियन एमबाप्पेको गोलमा रियल खेलमा फर्किएको थियो। दबाबपुर्ण दोस्रो हाफमा रियलले बार्साविरुद्ध अग्रता कायम गर्न सफल भयो।

खेलको ७७ औँ मिनेटमा अर्डा गुलरको कर्नरमा अरेलियन चौमेनीले हेडर गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए।

तर खेलको ८४ औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याएका थिए। बार्सिलोनाको दुई गोलमा लामिन यामल नायक बने।

निर्धारित समयमा दुवैतर्फबाट २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको १ सय १६ औँ मिनेटमा कुन्डेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाउन सफल भए।

त्यसपछि दबाबमा आएको रियलका दुई खेलाडीले सिधै रातो कार्ड पाए। खेलको अन्त्यमा रेफ्रिले एन्टोनियो रुडिगर र लुकास भाज्केजलाई रातो कार्ड देखाए।

images
प्रकाशित मिति :बैशाख १४, २०८२ आइतवार - ०८:११:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology