Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

सहयोग र मासिक शुल्कको नाममा विद्यार्थीसँग अवैध रकम असुल्दै फिस्लिङको आधारभुत विद्यालय

सहयोग र मासिक शुल्कको नाममा विद्यार्थीसँग अवैध रकम असुल्दै फिस्लिङको आधारभुत विद्यालय

images

इच्छाकामना न्युज

२३, बैशाख २०८२
सहयोग र मासिक शुल्कको नाममा विद्यार्थीसँग अवैध रकम असुल्दै फिस्लिङको आधारभुत विद्यालय
images

फिस्लिङ । चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित  राष्ट्रिय आधारभूत विद्यालय (कक्षा १–८ ) फिस्लिङले विद्यार्थीहरुबाट शुल्क लिने गरेको पाइएको छ । भर्नासगैँ विद्यार्थीहरुबाट विद्यालयलाई सहयोग शिर्षकमा रु. ५५० लिएका हुन् ।

IMG_20250506_090155.jpg

यसैबिच मासिक रुपमा पनि शुल्क लिने गरेका छन् । नर्सरीको रु. १५० र कक्षा १ देखि ५ सम्म रु. ३०० मासिक शुल्क लिने गरिएको अभिभावकहरुबाट  गुनासो  आएका  छन् ।  संविधानमा माध्यमिक विद्यालय तह सम्म निशुल्क शिक्षा भनिएको छ । तर सामुदायिक विद्यालयहरुले   विभिन्न बहानामा शुल्क लिने गरेका छन् ।  

इच्छाकामना गाउँपालिकाले पनि कुनै पनि बहानामा विद्यार्थीबाट सहयोग शुल्क लिन नपाइने जनाएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिका भरका सामुदायिक  विद्यालयहरुलाई भर्ना, मासिक शुल्क लगायत अन्य सहयोगका शिर्षकहरुमा शुल्क नलिन निर्देशन दिएको बताउँनुभयो । जुन सुकै शिर्षकमा लिएको शुल्क फिर्ता गर्न लगाउने उहाँको भनाई छ । प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले पनि विद्यार्थीबाट शुल्क लिने कार्य नियम संगत नभएको बताउँनुभयो । उहाँले भर्ना, सहयोग वा कुनै पनि शिर्षकमा शुल्क लिन नपाइने बताउँनुभयो ।

यसैबिच गाउँपालिकाले सूचना जारी गरेर विद्यार्थीबाट भर्ना, मासिक शुल्क तथा कुनै पनि शिर्षकमा सहयोग रकम नलिन भनेको छ ।  

IMG_20250506_090223.jpg

विद्यालयका प्रधानाध्यापक जित बहादुर गुरुङले विद्यालयमा अंग्रेजी  माध्यममा कक्षा सञ्चालन गर्न तथा निजी श्रोतका शिक्षक र विद्यालय बसका चालकलाई  पारिश्रमिक उपलब्ध गराउन शुल्क लिने गरिएको बताउँनुभयो । विद्यालयको अन्य आन्तरिक आम्दानीको श्रोत नभएकाले आवश्यक शिक्षक जनशक्तिका लागि विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार शुल्क लिने गरेको उहाँको भनाई छ ।

images
प्रकाशित मिति :बैशाख २३, २०८२ मंगलवार - ०९:०८:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology