Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

ला लिगामा रियललाई हराउँदै बार्सिलोना उपाधि नजिक

ला लिगामा रियललाई हराउँदै बार्सिलोना उपाधि नजिक

इच्छाकामना न्युज

२९, बैशाख २०८२
ला लिगामा रियललाई हराउँदै बार्सिलोना उपाधि नजिक
images

स्पेन । स्पेनिस ला लिगामा बार्सिलोनाले रियल म्याड्रिडलाई हराएको छ । आइतबार भएको ‘एल क्लासिको’ खेलमा रियल म्याड्रिडलाई ४–३ ले पराजित गर्दै बार्सिलोनाले उपाधि होडमा आफूलाई बलियो बनाएको हो । घरेलु मैदानमा भएको खेलमा बार्साले २–० ले पछि परेको अवस्था उल्ट्याउँदै नाटकीय जित निकालेको हो ।

images
images

खेलको सुरुवातमा म्याड्रिडले लगातार दुई गोल गर्दै बार्सिलोनामाथि दबाब बनाएको थियो । फ्रेञ्च स्टार केलियन एम्बाप्पेले खेलमा ह्याट्रिक गरेको थिए । उनको ह्याट्रिकले पनि म्याड्रिडको हार टार्न सकेन ।

एम्बाप्पेले खेलको ५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । त्यस्तै खेलमो १४ औं मिनेटमा ओपन प्लेमा उत्कृष्ट फिनिशसहित गोल गर्दै म्याड्रिडलाई २–० को अवस्थामा पुर्याएका थिए । 

बार्सिलोनाले पहिलो हाफमै पुनरागमन गर्‍यो । १९ औं मिनेटमा एरिक गार्सियाले कर्नरबाट आएको बलमा लो हेडरमार्फत गोल गर्दै गोलअन्तर घटाए । त्यस्तै ३२ औं मिनेटमा लामिन यामालले दायाँपट्टिबाट शानदार कर्भ शटमार्फत बराबरी गोल गरे ।

खेलको ३४ औं मिेनटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले खेलको ४५औँ मिनेटतिर पुनः गोल थप्दै पहिलो हाफमै बार्सिलोनालाई ४–२ को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा म्याड्रिडले खेलमा फर्कन प्रयास गर्‍यो । एमबाप्पेले ७० औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे पनि जित निकाल्न सकेनन् । यो जितसँगै बार्सिलोना ८२ अंकसहित शीर्ष स्थानमा रहेको छ । भने दोस्रो स्थानको रियल मड्रिडको ७५ अंक छ ।

images
प्रकाशित मिति :बैशाख २९, २०८२ सोमवार - ०७:१३:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology