Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

"आँबुखैरेनी क्याम्पसको १७ औं क्याम्पस सभा तथा पूर्व विद्यार्थी मिलन समारोह भव्यताका साथ सम्पन्न"

"आँबुखैरेनी क्याम्पसको १७ औं क्याम्पस सभा तथा पूर्व विद्यार्थी मिलन समारोह भव्यताका साथ सम्पन्न"

"आँबुखैरेनी क्याम्पसको १७ औं क्याम्पस सभा तथा पूर्व विद्यार्थी मिलन समारोह भव्यताका साथ सम्पन्न"

आँबुखैरेनी । आँबुखैरेनी क्याम्पसको १७ औं क्याम्पस सभा तथा पूर्व विद्यार्थी मिलन समारोह २०८१, बुधबारका दिन भव्यताका साथ सम्पन्न भएको छ।

images

क्याम्पस सभाहलमा आयोजित कार्यक्रममा स्थानीय तहका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, भूतपूर्व विद्यार्थी, वर्तमान विद्यार्थी, प्राध्यापकहरू तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष ऋषि केसीले गर्नुभएको थियो भने प्रमुख अतिथि रूपमा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान रहनुभएको थियो।

विशेष अतिथिको रूपमा उपाध्यक्ष श्री दुर्गा अर्याल, प्रशासकीय अधिकृत विष्णु शर्मा, लगायत अन्य अतिथिहरूको उपस्थिति थियो। कार्यक्रमको सुरुमा राष्ट्रिय गानपछि दिवंगत क्याम्पस सेवकहरूको सम्झनामा मौन धारण गरिएको थियो। त्यसपछि स्वागत मन्तव्य, दीप प्रज्वलन, वार्षिक प्रतिवेदन विमोचन तथा सम्मान कार्यक्रमहरू क्रमशः सम्पन्न गरिएका थिए।

क्याम्पसका शिक्षाशास्त्र संकायका राजेश सुनाम र व्यवस्थापन संकायका दुर्गा बहादुर थापालाई उत्कृष्ट कार्य सम्पादनको लागि सम्मान गरिएको थियो। साथै, विभिन्न अक्षयकोष दाताहरू – ऋषि केसी, प्रेम/लक्ष्मी गंगाजु, रत्नबहादुर कुँवर, शुक्र चुमान, बिमला कुँवर, राहुल केसी आदिलाई समेत प्रमाणपत्र, दोसल्ला र अबिर सहित सम्मान गरिएको थियो।

समारोहमा विभिन्न छात्रवृत्तिहरू वितरण गरिएका थिए, जसमा स्व. डा. उपेन्द्र देवकोटा, राम बहादुर के.सी., आकाश चुमान, प्रेम/लक्ष्मी गंगाजु लगायतको स्मृतिमा स्थापना गरिएका छात्रवृत्तिहरू रहेका थिए। यिनले गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई ठूलो सहयोग पुर्‍याएका छन्। सांस्कृतिक कार्यक्रममा नृत्य, गीत विविध प्रस्तुतीहरू राखिएका थिए। विद्यार्थीद्वारा प्रस्तुत नृत्य र गीतले दर्शकदीर्घामा रमाइलो माहोल सिर्जना गरेका थिए।

कार्यक्रमको दोस्रो सत्रमा क्याम्पस विधान २०७९ को संशोधनमाथि छलफल गरियो भने क्याम्पस प्रमुखद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मतले पारित गरियो।

images
प्रकाशित मिति :जेठ २, २०८२ शुक्रवार - ००:१५:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology