Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

इच्छाकामनाका चेपाङको जीवनस्तर उकास्न माैरीपालन तालिम

इच्छाकामनाका चेपाङको जीवनस्तर उकास्न माैरीपालन तालिम

images
इच्छाकामनाका चेपाङको जीवनस्तर उकास्न माैरीपालन तालिम
images

इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिकाका चेपाङ समुदायको जीवनस्तर उकास्न मौरीपालन तालिम दिइएको छ ।

सपना भिलेज सोसल इम्प्याक्ट सौराहाले वडा नं २ काउले, छापडाँडा, हात्तीवाङ, तोवाङ र घुर्केसका २६ जनालाई व्यवसायिक तालिम दिएको हो । मौरीपालन मार्फत चेपाङ समुदायको जीवन स्तर उकास्न तालिम दिइएको सपनाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

परियोजना अन्तर्गत पहिलो चरणमा मौरीका घारहरू वितरण गरिएका नमुना किसानहरूको सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको उनले बताए । मौरीपालन केवल मह उत्पादनको विषय मात्र नभइ कृषि उत्पादकत्व बढाउने र ग्रामीण आम्दानी सुदृढ गर्ने दीगो उपाय भएको भन्दै गिरीले आत्मनिर्भर र सक्षम समुदाय निर्माणको एक महत्वपूर्ण आधार बन्ने बताए । तालिमको पहिलो दिन मौरीपालन विशेषज्ञ हेम सुवेदीले मौरीको जात, घार व्यवस्थापन, मौसमी स्याहार, कीरा रोग नियन्त्रण र मह संकलनका विषयहरू तालिम दिएका थिए ।

तालिममा सहभागीहरुलाई व्यावसायिक मौरी फार्मको अवलोकन तथा मौरीघारको सेटअप, मौरीको व्यवहार र आधुनिक उपकरणहरूको प्रयोगको विषयमा ज्ञान दिलाइएको गिरीले जानकारी दिए । तालिमको दोस्रो दिन व्यवहारिक अभ्यास गराई मौरीघारको निरीक्षण, रानी मौरीको पहिचान, सफा राख्ने तरिका, र कीरा रोग व्यवस्थापनका विषयमा जानकारी गराइएको थियो ।

तालिममा सहभागीहरुले व्यवहारिक तालिम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका थिए र दीर्घकालीन प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् ।

सन् २०२६ जुलाईसम्म चल्ने सपना भिलेज र इन्टरनेशनल रेनवाटर हार्भेस्टिङ अलायन्सको साझेदारीमा सञ्चालित परियोजनाले मध्यपहाडी क्षेत्रका समुदायमा दीगो कृषि प्रणाली र आत्मनिर्भर जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्य रहेको सपना भिलेजका अध्यक्ष गिरीले बताए ।

images
प्रकाशित मिति :जेठ २, २०८२ शुक्रवार - ०८:५६:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology