काठमाडौँ, ६ जेठ। विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ आज (जेठ–६ गते) मंगलबारदेखि बिक्रीको लागि खुला भएको छ । यस कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ९१ करोड ९१ लाख १ हजार ३०० रुपैयाँमध्ये ९ करोड ९ लाख १० हजार १०० रुपैयाँको प्रतिसेयर १०० रुपैयाँ दरमा ९ लाख ९ हजार १०१ कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको सेयरमध्ये ३ लाख ६३ हजार ६४० कित्ता सेयर अति प्रभावित क्षेत्रका ९गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं। ४ र ५मा स्थायी बसोबास गर्ने० बासिन्दाहरुमा बाँडफाँट गरिनेछ । यस्तै, ५ लाख ४५ हजार ४६१ कित्ता सेयर प्रभावित क्षेत्र (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं। १, २, ३ ६ र ७ मा स्थायी बसोबास गर्ने) का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।
स्थानीयले यस कम्पनीको आइपीओमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नदिए असार ४ गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने जेठ २० गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।
बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेड रहेको छ ।