Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

चितवनको इच्छाकामना ४ लेवाटारमा सवारी साधनको ठक्करबाट मृग मरे

चितवनको इच्छाकामना ४ लेवाटारमा सवारी साधनको ठक्करबाट मृग मरे

images
चितवनको इच्छाकामना ४ लेवाटारमा सवारी साधनको ठक्करबाट मृग मरे
images

इच्छाकामना । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ लेवाटारमा सवारी साधनको ठक्करबाट मृग मरेका छन् ।  । सव डिभिजन वन कार्यालय इच्छाकामनाका रेन्जर सागर सुवेदीका अनुसार मङ्गलबार विहान ७ : ३० बजे सडक पार गर्ने क्रममा ट्रकको ठक्करबाट पोथी रतुवा मृग  मरेका हुन् । 
 स्थानीय सञ्जय खनालका अुसार लेवाटार क्षेत्र वरपरका जङ्गलबाट मृगहरु सडक पार गरि पानी खान त्रिशूली नदी तर्फ जाने गर्छन् । आइतबार पनि लेवाटारमै सवारीको ठक्करबाट  रुतुवा मृग घाइते भएका थिए ।  उहाँका अनुसार यस बर्ष लेवाटार आसपास मात्र ३ वटा मृग सवारीको ठक्करबाट मरेका छन् भने २ वटा घाइते भएका छन् । 
 सडक स्तरोन्नती सगैँ कल्भर्टमा माटो थुपारेपछि  बन्यजन्तुहरुलाई सडक पार गर्न जोखिम  भएका छन् । खनालले सडक निर्माण कम्पनीलाई कल्भर्टलाई बन्यजन्तु आवतजावतका लागि सहज बनाउन आग्रह गर्दा पनि सुनाई नभएको  बताउनुभयो । सडक बन्यजन्तुमैत्री नहुदाँ बन्यजन्तुका लागि सडक मृत्यु मार्ग बनेका  छन् । 

images
प्रकाशित मिति :जेठ ६, २०८२ मंगलवार - १४:५५:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology