Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

वनजङ्गलबाट समृद्धि सम्भव छ : मन्त्री सिलवाल

वनजङ्गलबाट समृद्धि सम्भव छ : मन्त्री सिलवाल

images

इच्छाकामना न्युज

१३, जेठ २०८२
वनजङ्गलबाट समृद्धि सम्भव छ : मन्त्री सिलवाल
images

हेटौंडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले समृद्ध नेपाल निर्माणको मार्ग वनजङ्गलको संरक्षण र दिगो उपयोगमै रहेको स्पष्ट पार्नुभएको छ।

मङ्गलबार हेटौंडामा आयोजित बागमती प्रदेश स्थानीय वन संवाद कार्यक्रमूलाई सम्बोधन गर्दै मन्त्री सिलवालले जलवायु परिवर्तन, वातावरणीय असन्तुलन र प्राकृतिक विपद्का समस्या समाधान गर्न वनजङ्गलको संरक्षण अपरिहार्य रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “हामीले अब केवल कागजी योजना र उद्देश्यहरूमा सीमित नभई व्यवहारिक कार्यान्वयनमा जानुपर्छ। यही भएको वनजङ्गलबाट समृद्धि सम्भव छ। प्राकृतिक स्रोतहरूको दिगो उपयोग र संरक्षणबाट स्थानीय स्तरमा रोजगारी सिर्जना, पर्यावरणीय सन्तुलन र सामाजिक उत्थान सम्भव छ।” मन्त्री सिलवालले विगतका वर्षहरूमा जलवायु परिवर्तनका असरहरू झनै तीव्र रुपमा देखिएको उल्लेख गर्दै, वनजङ्गल नष्ट हुँदा त्यसको असर मानव जीवन, कृषि, जल स्रोत तथा जैविक विविधतामा प्रत्यक्ष देखिएको स्पष्ट पार्नुभयो।

उहाँले वन संरक्षणलाई केवल सरकारी जिम्मेवारी नभई सामूहिक जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “हामीले स्वच्छ वातावरण चाहन्छौं भने वन बचाउनुको विकल्प छैन। सामुदायिक वनहरूको भूमिका अहिलेको परिवेशमा झनै महत्वपूर्ण भएको छ।

यस क्षेत्रमा काम गरिरहेका समुदाय, संघसंस्था, स्थानीय तह, र सरकारबीच समन्वय र सहकार्य आवश्यक छ।” संवाद कार्यक्रममा सहभागीहरूले सामुदायिक वन व्यवस्थापन, जैविक विविधता संरक्षण, वनजन्य उत्पादकत्व वृद्धि, वन आधारित पर्यटनको सम्भावना र जलवायु अनुकूलनका उपायहरूमाथि छलफल गरेका थिए।

images
प्रकाशित मिति :जेठ १३, २०८२ मंगलवार - २३:२२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology