Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी स्थित बरालुङबेशी सिंचाई योजनाको अनुगमन

आँबुखैरेनी स्थित बरालुङबेशी सिंचाई योजनाको अनुगमन

इच्छाकामना न्युज

१४, जेठ २०८२
आँबुखैरेनी स्थित बरालुङबेशी सिंचाई योजनाको अनुगमन

आँबुखैरेनी, १४ जेष्ठ । आँबुखैरेनी गाउँपालिका वडा नं ५ को बरालुङबेशी स्थित बरालुङबेशी सिंचाई योजनाको अनुगमन गरिएको छ।

images

अनुगमन क्रममा वडा अध्यक्ष सन्तोष गुरुङ, गाउँपालिका अनुगमन समितिका सदस्यहरु र गाउँपालिकाका प्राविधिकहरु सहभागी भएका थिए। सिंचाई योजनाको अनुगमनका क्रममा योजनाको प्रभावकारिता र स्थानिय बासिन्दाको कृषि उत्पादनमा पर्ने प्रभावको समीक्षा गरिएको थियो।

अनुगमन टोलीले योजनाको अवस्था, आवश्यक सुधार र आगामी कार्य योजनाका विषयमा छलफल गरेका छन्। वडा अध्यक्ष सन्तोष गुरुङले सिंचाई योजनाको महत्वलाई जोड दिँदै यसले कृषकहरुलाई पानीको उपलब्धता सँगै कृषि उत्पादनमा सुधार ल्याउने अपेक्षा व्यक्त गरे। उनले सिंचाई योजनाको दुरुपयोग रोक्न र यसको प्रभावकारी कार्यान्वयनका लागि सघन निगरानी आवश्यक रहेको पनि बताए।

गाउँपालिकाका प्राविधिक सदस्यहरुले योजना मर्मतसम्भार र सन्चालनका बारेमा सुझाव दिएका छन्। अनुगमन टोलीले योजना समयमै पूरा गर्न र यसको व्यवस्थापनमा कसरि थप सुधार गर्न सकिन्छ भन्नेबारे निर्णय गरेका छन्।

यस योजनाबाट लाभान्वित हुने कृषकहरुलाई सिंचाईको नियमित र भरपर्दो आपूर्ति सुनिश्चित गरिने बताइएको छ।

images
प्रकाशित मिति :जेठ १४, २०८२ बुधवार - १४:१७:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology