इच्छाकामना । इच्छाकामना गाउँपालिकामा बालबालिकाको सर्वाङ्गीण विकासको लागि अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ।
उक्त कार्यक्रमको उद्देश्य विद्यालयमा बालबालिकाको सहभागिता र गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता गर्नु हो। कार्यक्रमको सहजीकरण महेन्द्र पौड्याल, पूर्व शिक्षा निर्देशकद्वारा गरिएको थियो।
कार्यक्रममा इच्छाकामना सिकाइ केन्द्रको सहयोगमा आयोजित यस कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमको मुख्य उद्देश्य अभिभावकहरुलाई बालबालिकाको शिक्षा र विकासमा थप सचेत बनाउने र उनीहरूको सहभागितामा वृद्धि गर्नु हो। महेन्द्र पौड्यालले कार्यक्रममा बोल्दै, "गुणस्तरीय शिक्षा केवल विद्यालयमा पढाइ मात्र नभई, अभिभावकहरूको सक्रिय सहभागिता र सहयोगबाट सम्भव छ," भन्नु भएको थियो।
कार्यक्रममा शिक्षा प्रणालीका विविध पहलुहरूमा अभिभावकलाई अवगत गराउन विभिन्न प्रस्तुति र वार्ता आयोजित गरिएको थियो।