Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

ओलीको सरकार परिवर्तन नहुने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गुरुङको भनाई

ओलीको सरकार परिवर्तन नहुने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गुरुङको भनाई

इच्छाकामना न्युज

१५, फाल्गुण २०७७
ओलीको सरकार परिवर्तन नहुने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गुरुङको भनाई
images

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केपी ओली नेतृत्वको वर्तमान सरकार परिवर्तन नहुने बताएका छन् ।

images
images

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता समेत रहेका मन्त्री गुरुङले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री ओलीको राजीनामा माग्न केही तत्वहरु लागि परेपनि त्यसलाई सफल हुन नदिने दावी समेत गरे ।

“मुलुकलाई अघि बढन नदिने केही तत्वहरु सम्माननीय प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरिरहेका छन”, शनिबार काठमाडौंमा आयोजित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान फेडेरेसन)को २७औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री गुरुङले भने, “ढुक्क हुनुहोस् सरकार परिवर्तन हुँदैन, मुलुकको समृद्धिको अभियान अझ गतिका साथ अघि बढ्छ ।” मन्त्री गुरुङले पुनस्थापित प्रतिनिधिसभामा विश्वासको मत लिएर अघि बढन आफूहरु सक्षम हुने दाबी पनि गरे । उनले सरकार परिवर्तन हुने सपना नदेख्न पनि पटकपटक चेतावनी दिए ।

मन्त्री गुरुङले सरकारले सूचना र प्रविधिको विकासको माध्यामबाट मुलुकलाई अघि बढाउन चाहेको उल्लेख गर्दै त्यसमा साथ दिन क्यान फेडेरेसनलगायतका निजी क्षेत्रलाई आह्वान गरे । सरकारले वडा तहसम्म इन्टरनेट सेवा पुर्याउने नीतिगत निर्णय गरिसकेको स्मरण गराउँदै उनले सो निर्णयलाई कार्यान्वयन गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । मन्त्री गुरुङले सूचना प्रविधिको उपयोग सबैले गर्न पाउने गरी पूर्वाधार विकासको काममा सरकार केन्द्रित रहेको जानकारी दिए ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - १३:४५:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology