Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

च्याम्पियन्स लिगको उपाधिका लागि पीएसजी र इन्टर भिड्दै

च्याम्पियन्स लिगको उपाधिका लागि पीएसजी र इन्टर भिड्दै

images

इच्छाकामना न्युज

१७, जेठ २०८२
च्याम्पियन्स लिगको उपाधिका लागि पीएसजी र इन्टर भिड्दै
images

काठमाडौं । युइएएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज हुँदै छ । नेपाली समय अनुसार राति पौने १ बजे म्युनिखको अलियान्ज एरेनामा हुने फाइनलमा पेरिस सेन्ट(जर्मेन ९पीएसजी० र इन्टर मिलान आमने सामने हुने छन् ।

यो खेल युरोपेली क्लब फुटबल सिजनको समापनको रूपमा रहेको छ । जहाँ पीएसजीले आफ्नो पहिलो च्याम्पियन्स लिग उपाधि जित्ने सपना देखिरहेको छ भने इन्टरले आफ्नो चौथो उपाधि कब्जा गर्न चाहन्छ । पछिल्लो दशकमा पीएसजी च्याम्पियन्स लिगमा बारम्बार अन्तिम चरणसम्म पुगे पनि उपाधि जित्न असफल भएको छ ।

यस सिजनमा भने टोलीले लिग वान र कुप डे फ्रान्स जितिसकेको छ र अब च्याम्पियन्स लिग जितेर ट्रेबल पूरा गर्ने लक्ष्यमा छ । यो उपलब्धि फ्रान्सेली क्लबका लागि पहिलो हुनेछ । सन् १९९३ मा मार्सेले म्युनिखमा एसी मिलानलाई हराएर च्याम्पियन्स लिग जितेको इतिहासलाई दोहोर्‍याउने अवसर पीएसजीलाई छ । किनकि म्युनिखमा भएको चार फाइनलमा हरेक पटक नयाँ विजेता बनेको छ । इन्टरले पहिले नै तीन च्याम्पियन्स लिग उपाधि जितिसकेको छ र यो सिजनमा बायर्न म्युनिख र बार्सिलोनालाई हराउँदै फाइनलमा पुगेको छ ।

यद्यपि, सिरी ए र कोपा इटालियामा असफल भएपछि इन्टरले च्याम्पियन्स लिग जितेर सिजनलाई स्मरणीय बनाउन चाहन्छ । सन् २०२३ मा म्यानचेस्टर सिटीसँग फाइनलमा पराजित भएको इन्टरले त्यस हार विर्सियर नयाँ सुरआत गर्ने लक्ष्य पनि राखेको छ । पीएसजीले सेमिफाइनलमा इंग्लिस क्लब आर्सनललाई समग्रमा ३-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा १-० को जित हासिल गरेको पीएसजीले दोस्रो लेगमा घरेलु मैदानमा २-१ को रोमाञ्चक जित निकाल्यो ।

दोस्रो लेगमा फाबियान रुइज र अचरफ हाकिमीले गोल गरेका थिए । पीएसजी हाल सबै प्रतियोगितामा लगातार चार जितको लयमा छ । इन्टरले सेमिफाइनलमा स्पेनिस क्लब बार्सिलोनालाई समग्रमा ७-६ को रोमाञ्चक नतिजामा हरायो । पहिलो लेग ३-३ को बराबरीमा सकिएको थियो भने दोस्रो लेगमा घरेलु मैदानमा इन्टरले अतिरिक्त समयमा ४-३ को जित हासिल गर्‍यो । दोस्रो लेगमा चार खेलाडीले गोल गरेका थिए, जसमा अतिरिक्त समयमा एक गोल निर्णायक बन्यो । इन्टर हाल सबै प्रतियोगितामा पछिल्ला छ खेलमा अपराजित छ ।

सन् २०२३ को अगस्टमा भएको पछिल्लो भेटमा इन्टरले पीएसजीलाई २-१ ले हराएको थियो । यो नतिजाले इन्टरलाई मनोवैज्ञानिक लाभ प्रदान गर्न सक्छ, तर पीएसजी बलियो प्रदर्शनका कारण आत्मविश्वासमा हुनेछ । प्रमुख खेलाडी पीएसजीः उस्मान डेम्बेले पीएसजीका लागि च्याम्पियन्स लिगमा मुख्य हतियार बनेका छन् । उनले यस सिजनमा आठ गोल गरेका छन्, जसमध्ये दुई गोल खेलको पहिलो गोलको रूपमा आएका छन् । डेम्बेलेको गति र फिनिसिङले इन्टरको रक्षापंक्तिलाई चुनौती दिन सक्छ ।

इन्टर मिलानः लाउटारो मार्टिनेज इन्टरका प्रमुख खेलाडी हुन । उनले च्याम्पियन्स लिगको यो सिजनमा नौ गोल गरेका छन् । जसमध्ये चार गोल खेलको पहिलो गोलको रूपमा आएका छन् । सन् २०२४÷२०२५ सिजनमा गोल स्कोररको सूचीमा उनी पाँचौँ स्थानमा छन् । पीएसजीः च्याम्पियन्स लिगमा पछिल्ला आठ खेलमा लगातार गोल गर्दै आएको छ ।

घरेलु मैदानमा यो सिजनमा आठ खेलमा पाँच जित, एक बराबर र दुई हारको नतिजा निकालेको छ । हाल सबै प्रतियोगितामा तीन खेलको घरेलु जितको लयमा छ । इन्टरः च्याम्पियन्स लिगमा पछिल्ला पाँच खेलमा गोल गरेको छ । अवे मैदानमा चार जित, दुई बराबर र एक हारको नतिजा निकालेको छ । हाल तीन खेलको अवे अपराजित लयमा छ ।

images
प्रकाशित मिति :जेठ १७, २०८२ शनिवार - ०८:४५:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology