Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

रोनाल्डोको गोलमा जर्मनीलाई हराउँदै पोर्चुगल नेसन्स लिगको फाइनलमा

रोनाल्डोको गोलमा जर्मनीलाई हराउँदै पोर्चुगल नेसन्स लिगको फाइनलमा

इच्छाकामना न्युज

२२, जेठ २०८२
रोनाल्डोको गोलमा जर्मनीलाई हराउँदै पोर्चुगल नेसन्स लिगको फाइनलमा

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा  जर्मनी माथि पुनरागमन जित निकाल्दै पोर्चुगल युईएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

images

जर्मनीको घरेलु मैदान एलिएन्ज एरिेनामा भएको खेलमा रोनाल्डोले १३७औं अन्तर्राष्ट्रिय गोल गरेपछि घरेलु टोलीलाई २-१ गोलले हराएर पोर्चुगल उपाधि नजिक पुगेको हो ।

४० वर्षीय रोनाल्डोले नुनो मेन्डेजको लो पासमा ६८औं मिनेटमा विजयी गोल गरेका थिए ।

अब पोर्चुगलले नेसन्स कपको उपाधिका लागि स्पेन र फ्रान्सबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर फ्लोरिन रिट्जले ४८औं मिनेटमा गोल गर्दै जर्मनीलाई पहिले अग्रता दिलाएका थिए । घरेलु मैदानमा जर्मनीले उक्त अग्रता कायम राख्न सकेन ।

फ्रान्सिस्को कोनसेइडोले ६३औं मिनेटमा पोर्चुगलका लागि बराबरी गोल फर्काए । त्यसको सात मिनेटपछि नै रोनाल्डोले पोर्चुगलका लागि विजयी गोल गरे ।

पोर्चुगलले सन् २०१९ मा सुरु भएको नेसन्स लिगको पहिलो संस्करणकै उपाधि जितेको थियो ।

images
प्रकाशित मिति :जेठ २२, २०८२ बिहिवार - ०९:२२:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology