कुरिनटार, १५ फागुन । चितवनको मुग्लिन बजार देखि नौबिसेसम्म सञ्चालनमा रहेको मोबाईल रिटेलर बिचको भेटघाट कार्यक्रम सम्पन्न भएको छ। लम्साल सपिङ कम्प्लेक्स कुरिनटारको आयोजनामा सिद्धार्थ रिसोर्ट चुम्लिङटारमा आज मोबाईल रिटेलर मिट कार्यक्रम सम्पन्न भएको हो।
कम्प्लेक्सका प्रोपाईटर अश्विन लम्सालको अध्यक्षता र इच्छाकामना उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण गुभाजुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमआई, नोकिया, ओप्पो, भिभो, लाभा, जिओनी, कलर्स, औकिटेल, भिप्पो प्लस लगायतका मोबाईल कम्पनीका प्रतिनिधीहरुले आ–आफ्नो मोबाईल ब्राण्डका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए।
कार्यक्रममा करिब ५० जना रिटेलर मोबाईल व्यवसायीहरुको उपस्थिति रहेको थियो।
यस्तै कुरिनटारमा रहेको लम्साल सपिङ कम्प्लेक्स विभिन्न ब्राण्डका मोबाईल तथा इलेक्ट्रोनिक्स सामानहरुको अधिकृत बिक्रेता हो।