Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

तमु प्ये ल्हु संघ चितवनले दिव्यनगरमा शुभकामना आदानप्रदान गरि धनुष विद्या पर्व मनायो

तमु प्ये ल्हु संघ चितवनले दिव्यनगरमा शुभकामना आदानप्रदान गरि धनुष विद्या पर्व मनायो

इच्छाकामना न्युज

१५, फाल्गुण २०७७
तमु प्ये ल्हु संघ चितवनले दिव्यनगरमा शुभकामना आदानप्रदान गरि धनुष विद्या पर्व मनायो
images

चितवन, १५ फागुन । आदिवासी जनजाती भित्रको एक जाती गुरुङ समुदाय संस्कार र संस्कृतिले धनी जातीको रुपमा चिनिन्छ। यहि समुदायको एक चाड धनुष विद्या पर्व (मे त्हलें दिवस) आज परेको थियो। सो पर्वको अवसरमा तमु प्ये ल्हु संघ चितवनले एक कार्यक्रमको आयोजना गरि मनाएको छ। 
भरतपुर महानगरपालिका २६ स्थित ज्योतिनगरमा दिव्यज्योती जुनेली गुरुङ आमा समूहको व्यवस्थापनमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि धनुष विद्या पर्व मनाएको संघका सांस्कृतिक संयोजक नारायण गुरुङले जानकारी दिनुभयो।
दिव्यज्योती जुनेली गुरुङ आमा समूहको अध्यक्ष माया गुरुङको अध्यक्षतामा धनुष विद्या पर्व (मे त्हलें दिवस) को शुभकामना प्रदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा संघ वरिष्ठ जिल्ला उपाध्यक्ष तुलाराम गुरुङ स्वागत मन्तव्य राख्नुभएको थियो। यस्तै कार्यक्रममा संघका जिल्ला अध्यक्ष जगत बहादुर गुरुङ, उपाध्यक्ष लाल प्रसाद गुरुङ, सचिव बिक्रम गुरुङ, दिब्यज्योती जुनेली तमु समाजका सचिव दल बहादुर गुरुङ, समाजका अगुवा नेतृ गीता गुरुङ लगायतको सहभागीता रहेको थियो।
यसैगरी कार्यक्रममा गुरुङ समुदायको चाडपर्वहरको बारेमा जानकारी दिनुका साथै राष्ट्रिय जनगणनामा गुरुङहरुको धर्म बोन लेखौ अभियानको बारेमा पनि स्थानीय गुरुङ समुदायलाई प्रशिक्षण दिईएको संघका सचिव बिक्रम गुरुङले जानकारी दिनुभयो।

images
images

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - २१:४५:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology