Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नेसन्स लिग: फ्रान्समाथि स्पेनको रोमाञ्चक जित, उपाधिका लागि अब पोर्चुगलसँग भिड्ने

नेसन्स लिग: फ्रान्समाथि स्पेनको रोमाञ्चक जित, उपाधिका लागि अब पोर्चुगलसँग भिड्ने

इच्छाकामना न्युज

२३, जेठ २०८२
नेसन्स लिग: फ्रान्समाथि स्पेनको रोमाञ्चक जित, उपाधिका लागि अब पोर्चुगलसँग भिड्ने

काठमाडौँ । लामिन यामलको दुईगोल सहयोगमा फ्रान्समाथि रोमाञ्चक जित निकाल्दै स्पेन यूईएफए नेसन्स लिगको फाइनलमा पुगेको छ। 

images

बिहीबार राति भएको सेमिफाइनलमा फ्रान्सलाई ५-४ गोलअन्तरले हराउँदै स्पेन उपाधि नजिक पुगेको हो। 

९ गोल भएको रोमाञ्चक सेमिफाइनलमा अन्तत स्पेनले बाजी मारेको हो। स्पेन अब उपाधिका लािग पोर्चुगलसँग भिड्नेछ। उपाधि भिडन्त आइतबार म्युनिखमा हुनेछ। 

पराजित भएको फ्रान्सले तेस्रो स्थानका लागि जर्मनीको सामना गर्नेछ।
 
यो सिजन विश्वको उत्कृष्ट बालोन डीओर जित्ने दावेदार मध्यका एक १७ वर्षिय फरवार्ड यामलले फ्रान्समाथि ४-० को अग्रता दिलाउन सहयोग गरे। उनकै गोलमा स्पेनले फ्रान्समाथि ५–१ को अग्रता बनाएको थियो। 

पहिलो हाफमा निरिह देखिएको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा रोमाञ्चकता थपेका थिए। 

पहिलो हाफको २२ औँ मिनेटमा निको विलियम्सको गोलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो। 

मिकेल ओयारजवालको पासमा विलियम्सले स्पेनलाई सुरुवाती अग्रता दिलाए। खेलको २५ औँ मिनेटमा ओयारजवालकै पासमा मिकेल मारिनोले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। 

पहिलो हाफमा नै एड्रियन राबियोटले यामललाई फाउल गरेपछि उनले पेनाल्टी मौका पाएका थिए। खेलको ५४ औँ मिनेटमा यामलको पेनाल्टीमा स्पेनले फ्रान्समाथिको अग्रता ३–० ले बनायो। 

खेलको ५५ औँ मिनेटमा निको विलियम्सको पासमा पेड्रीले गोल गर्दै स्पेनलाई ४–० को अग्रता दिलाए। 

पहिलो हाफमा नै फराकिलो अन्तरले पछि परेको फ्रान्स दोस्रो हाफमा खेलमा फर्कने संकेत गरेको थियो। खेलको ५९ औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सका लागि गोल फर्काएका थिए। 

तर ६७ औँ यामलले व्यक्तीगत दोस्रो गोल गर्दै स्पेनलाई ५–१ को अवस्थामा ल्याए। 

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका रायन चेर्कीले आफ्नो अन्तराष्ट्रिय डेब्यु खेलमा नै गोल गरे। उनले एम्बाप्पेको पासमा २० यार्डबाट भली प्रहार गर्दै फ्रान्सलाई ५–२ को अवस्थामा ल्याए।
 
खेल सकिन ६ मिनेट बाँकी रहँदा अर्थात ८४ औँ मिनेटमा डानी भिभियनले आफ्नै पोष्टमा आत्मघाति गोल गर्न पुगे। 

इन्ज्युरी समयको तेस्रो मिनेटमा रान्डल कोलो मुआनीले चेर्कीको क्रसमा हेडर गोल गर्दै फ्रान्सलाई ५–४ को अवस्थामा ल्याए। तर त्यसपछि गोल हुन नसक्दा फ्रान्स तेस्रो र चौथो स्थानका लागि खेल्ने भएको हो।

images
प्रकाशित मिति :जेठ २३, २०८२ शुक्रवार - ०८:४९:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology