Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनीमा शिक्षकहरूलाई लक्षित सूचना, सञ्चार तथा प्रविधि सम्बन्धी तालिम सुरु

आँबुखैरेनीमा शिक्षकहरूलाई लक्षित सूचना, सञ्चार तथा प्रविधि सम्बन्धी तालिम सुरु

इच्छाकामना न्युज

२३, जेठ २०८२
आँबुखैरेनीमा शिक्षकहरूलाई लक्षित सूचना, सञ्चार तथा प्रविधि सम्बन्धी तालिम सुरु
आँबुखैरेनी । आर्थिक वर्ष २०८१/०८२ को सशर्त तर्फको कार्यक्रम अन्तर्गत आँबुखैरेनी गाउँपालिकामा सूचना, सञ्चार तथा प्रविधि (ICT) सम्बन्धी क्षमता विकास तालिम सुरु गरिएको छ। पाँच दिने यो तालिम सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई लक्षित गरिएको हो।
तालिमको उद्घाटन कार्यक्रम गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माको विशेष उपस्थितिमा सम्पन्न भयो। कार्यक्रमका प्रशिक्षक राजीव श्रेष्ठले प्रशिक्षार्थी शिक्षकहरूलाई ICT को प्रयोग कक्षा कोठामा प्रभावकारी शिक्षण सिकाइमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइरहनुभएको छ।
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुँवरका अनुसार, तालिमबाट सहभागी शिक्षकहरूले सूचना तथा प्रविधिको प्रयोगमार्फत शिक्षण पद्धति सशक्त बनाउन सक्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाले प्रविधिमैत्री शिक्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता तालिमहरूलाई प्राथमिकतामा राख्दै आएको छ।

images
प्रकाशित मिति :जेठ २३, २०८२ शुक्रवार - ०८:५०:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology